Skip This
Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश न. ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • कला र साहित्य
  • अर्थ र बजार
  • विश्व
  • खोजि रिर्पोट
  • विविध
    • बिचार
    • पर्यटन
    • बिचित्र शंसार
    • खेलकुद
    • सूचना प्रविधि
    • नेपालबोट संवाद
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
आइतवार, फाल्गुन १६, २०७७ ०८:४९:५६
  •  
  •  
  • युनिकोड
  • हाम्रो टीम
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश न. ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • कला र साहित्य
  • अर्थ र बजार
  • विश्व
  • खोजि रिर्पोट
  • विविध
    • बिचार
    • पर्यटन
    • बिचित्र शंसार
    • खेलकुद
    • सूचना प्रविधि
    • नेपालबोट संवाद
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
जागिर जोगाउन विद्यार्थी बन्धक
बर्डफुलुको डरले हुम्लामा मासु आयातमा प्रतिबन्ध
विद्यालयलाई बजेट पार्न नक्कली सिफारिश
आफू पार्टी भित्र अन्यायमा परेको प्रचण्डको भनाइ
दश दिन देखि हराएका कालीकोटका यूवा अझैं भेटिएनन्
कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या २५ लाख नाघ्यो
प्रचण्डको अभिव्यक्तिले जन्माएका ‘अनकम्फर्टेबल’ प्रश्नहरु
राष्ट्रपति सीद्वारा चीन गरिबीमुक्त घोषणा
आज घरघरमा स्वस्थानी ब्रत समापन गरिँदै
अर्थ र बजार
  • Home
  • News
  • ६ महिना बित्दा पनि प्रदेशको औसत खर्च १५ प्रतिशत पुगेन
६ महिना बित्दा पनि प्रदेशको औसत खर्च १५ प्रतिशत पुगेन
64x64
बिहिवार, माघ २९, २०७७ नेपालबोट समाचारदाता

कृष्ण रिजाल
काठमाडौं । आर्थिक वर्षको आधा अवधि सकिँदा प्रदेशको औसत खर्च १५ प्रतिशत पनि पुग्न सकेको छैन । पुस मसान्तसम्ममा प्रदेशहरूको कुल खर्च ३९ अर्ब २६ करोड १० लाख रुपैयाँ पुगेको छ । यो विनियोजित कुल बजेट २ खर्ब ६४ अर्ब २० करोड रुपैयाँको १४।८६ प्रतिशत मात्रै हो ।

चालू आवको ६ महिनासम्ममा प्रदेशहरूले विनियोजित चालू बजेट १ खर्ब २३ अर्ब ७१ करोडको १५।८२ प्रतिशत खर्च गर्न सकेका छन् । त्यस्तै, प्रदेशहरूले विनियोजित कुल पुँजीगत बजेट १ खर्ब ३९ अर्ब ४९ करोडको १४।११ प्रतिशत मात्रै खर्च गर्न सकेका छन् । यो अवधिमा सबैभन्दा बढी खर्च लुम्बिनी प्रदेशले २२।८ प्रतिशत गरेको छ भने सबैभन्दा कम खर्च कर्णाली प्रदेशले ८।३९ प्रतिशत मात्रै गर्न सकेको छ ।

संघीय सरकारको जस्तै प्रदेशहरूले समेत खर्च गर्ने क्षमता बढाउन सकेका छैनन् । चालू आर्थिक वर्षको ६ महिनामा संघीय सरकारको कुल खर्च २८।१९ प्रतिशत पुगेको छ । तर, प्रदेशको खर्च भने संघको १३।३३ बिन्दु प्रतिशतले कमी हो ।

‘खर्च गर्ने क्षमतामा अपेक्षित सुधार आएन’

संघीय सरकारको अर्थ मन्त्रालयले प्रदेश तथा स्थानीय तहको खर्च गर्ने क्षमतामा अपेक्षित सुधार नै आउन नसकेको औँल्याएको छ । अर्थ मन्त्रालयले चालू आर्थिक वर्षको बजेटका अर्धवार्षिक मूल्यांकन प्रतिवेदनले सुधारका प्रयास हुँदाहुँदै पनि तीनै तहका सरकारको आयोजना कार्यान्वयन र खर्च गर्ने क्षमतामा अपेक्षित सुधार आउन नसकेको औँल्याएको हो ।

प्रदेश एकको खर्च औसतभन्दा बढी

प्रदेश १ ले चालू आवमा प्रदेशहरूमध्येको दोस्रो ठूलो बजेट ल्याएको थियो । तर, खर्च भने तुलनात्मक रूपमा औसत मात्रै भएको देखिन्छ । चालू आर्थिक वर्षको ६ महिनामा प्रदेश १ ले कुल विनियोजित बजेटको १८।६८ प्रतिशत खर्च गर्न सकेको छ । चालू आवमा प्रदेश १ को कुल बजेट ४० अर्ब ८९ करोड ९९ लाख रुपैयाँ रहेको छ । यस अवधिमा प्रदेश १ ले विनियोजित चालू बजेट १८ अर्ब ९३ करोड ४९ लाख रुपैयाँको १४।७१ प्रतिशत खर्च गरेको छ । त्यस्तै, पुँजीगततर्फ विनियोजित २१ अर्ब ९२ करोड ५० लाख रुपैयाँको २२।१४ प्रतिशत खर्च भएको छ ।

प्रदेश २ को खर्च औसतभन्दा थोरै

प्रदेश २ को खर्च निराशाजनक देखिन्छ । यस प्रदेशले समीक्षा अवधिमा कुल विनियोजित बजेट ३३ अर्ब ५६ करोड १० लाख रुपैयाँको ९।५८ प्रतिशत मात्रै खर्च गर्न सकेको छ । यसमध्ये चालूतर्फ विनियोजित १५ अर्ब ४२ करोड २७ लाखमध्ये १ अर्ब ५९ करोड ५६ लाख खर्च भएको छ । त्यस्तै, पुँजीगततर्फ विनियोजित १७ अर्ब ९७ करोड ८३ लाखमध्ये १ अर्ब ६२ करोड ७ लाख रुपैयाँ खर्च भएको छ । प्रदेश २ ले विनियोजित बजेटमध्ये ६ महिनामा चालूतर्फ १०।३५ प्रतिशत र पुँजीगततर्फ ९।०१ प्रतिशत खर्च गर्न सकेको हो ।

बागमती प्रदेश बजेट ठूलो खर्च थोरै

चालू आर्थिक वर्षमा सवैभन्दा ठूलो आकारको बजेट ल्याएको बागमतीको खर्च भने धेरै हुन सकेको छैन । बागमती प्रदेशले चालू आवका लागि कुल ५१ अर्ब ४२ करोड ७५ लाख रुपैयाँको बजेट ल्याएको थियो । जसमा चालूतर्फ २६ अर्ब २८ करोड ७३ लाख रुपैयाँ र पुँजीगततर्फ २४ अर्ब १४ करोड २ लाख रुपैयाँ विनियोजन गरिएको थियो । यस ६ महिनाको अवधिसम्म बागमती सरकारले विनियोजित बजेटको १५।०३ प्रतिशत खर्च गरेको छ । त्यस्तै, चालूतर्फ विनियोजित बजेटको १७।०२ प्रतिशत र पुँजीगततर्फ विनियोजित बजेटको १३।४८ प्रतिशत खर्च गरेको छ ।

गण्डकीको खर्च औसतकै हाराहारी

गण्डकी प्रदेशले ६ महिनामा कुल ५ अर्ब २७ करोड १६ लाख रुपैयाँ खर्च गरेको छ । यो कुल बजेटको १५।१३ प्रतिशत हो । चालू आवका लागि गण्डकी प्रदेशले ३४ अर्ब ८४ करोड २२ लाख रुपैयाँबराबरको बजेट ल्याएको थियो । समीक्षा अवधिमा गण्डकीले १ अर्ब ९६ करोड ११ लाख रुपैयाँ चालू र ३ अर्ब ३० करोड ९५ लाख रुपैयाँ पुँजीगत खर्च गरेको छ । यो विनियोजित चालू बजेट १४ अर्ब ३४ करोड २७ लाखको १३।६७ प्रतिशत र पुँजीगत बजेट १९ अर्ब ९९ करोड ९५ लाखको १६।५५ प्रतिशत हो ।

लुम्बिनी सबैभन्दा धेरै खर्च गर्ने प्रदेश

चालू आर्थिक वर्षमा प्रदेश ५ को कुल बजेट ३६ अर्ब ३५ करोड ५२ लाख रुपैयाँ हो । पुस मसान्तसम्ममा यस प्रदेशले विनियोजित कुल बजेटको २२।८० प्रतिशत खर्च गर्न सकेको छ । त्यस्तै, चालूतर्फ ४ अर्ब ७४ करोड ७५ लाख रुपैयाँ खर्च भएको छ । यो खर्च विनियोजित १७ अर्ब ७३ करोड २५ लाख चालू बजेटको २६।७७ प्रतिशत हो । त्यस्तै, यस अवधिमा प्रदेश पाँचले ३ अर्ब ५४ करोड २१ लाख रुपैयाँ पुँजीगत खर्च गर्न सकेको छ । यो विनियोजित पुँजीगत बजेट १८ अर्ब ६२ करोडको १९।०२ प्रतिशत हो ।

कर्णाली सबैभन्दा कम खर्च गर्ने प्रदेश

चालू आर्थिक वर्षका लागि कर्णाली प्रदेशले कुल ३३ अर्ब ७४ करोड १४ लाख रुपैयाँको बजेट ल्याएको थियो । यसमध्ये चालूतर्फ १४ अर्ब ६७ करोड २२ लाख रुपैयाँ र पुँजीगततर्फ १९ अर्ब ६ करोड ९१ लाख रुपैयाँ विनियोजन गरिएको थियो । कर्णाली सरकारले पुस मसान्तसम्ममा कुल बजेटको ८।३९ प्रतिशत खर्च गरको छ । समीक्षा अवधिमा कर्णाली प्रदेशले चालूतर्फ १ अर्ब ७१ करोड १३ लाख रुपैयाँ र पुँजीगततर्फ १ अर्ब ११ करोड ९४ लाख रुपैयाँ खर्च गरेको छ । विनियोजित बजेटमा चालूतर्फ ११।६६ प्रतिशत तथा पुँजीगतर्फ ५।८७ प्रतिशत खर्च गर्न सकेको हो ।

सुदूरपश्चिमको खर्च औसत सरह

सुदूरपश्चिम प्रदेशले पुस मसान्तसम्ममा कुल विनियोजित बजेट ३३ अर्ब ३८ करोड १३ लाख रुपैयाँको १२।८२ प्रतिशत खर्च गर्न सकेको छ । समीक्षा अवधिमा सुदूरपश्चिमले चालूतर्फ १६ अर्ब ३२ करोड २९ लाख रुपैयाँ र पुँजीगततर्फ १६ अर्ब ७५ करोड ५८ लाख रुपैयाँ करोड विनियोजन गरेको थियो । जसमध्ये हालसम्म चालूतर्फ १४।०५ प्रतिशत अर्थात् २ अर्ब २९ करोड २६ लाख र पुँजीगत ११।८५ प्रतिशत अर्थात् १ अर्ब ९८ करोड ५८ लाख रुपैयाँ खर्च भएको छ । नयाँपत्रिका


प्रकाशित मिति: बिहिवार, माघ २९, २०७७, ०७:०२:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बर्डफुलुको डरले हुम्लामा मासु आयातमा प्रतिबन्ध
भारतले २५ वटा स्वास्थ्यचौकी पुनर्निर्माण गरिदिने
तीन महिनाको तलब एकैचोटी पाउदैं प्रतिनिधिसभाका सांसद
साढे ३५ लाखसहित ४ जना पक्राउ
अर्थ र बजार
हुम्लामा चौँरी स्रोत केन्द्र स्थापना हुँदै
64x64
आइतवार, फाल्गुन ९, २०७७ नेपालबोट समाचारदाता
जिल्लाको सिमकोट गाउँपालिका भित्रका केही वडा र नाम्खा गाउँपालिका भित्रका अधिकांस गाउँहरुमा चौरी पालन स्रोत केन्द्र बन्न थालेको छ । चौँरी पालनका लागि जिल्लामा एक वटा स्रोत केन्द्र र ५ वटा संरचना केन्द्र सञ्चालन हुने भएका छन् । पुरा पढ्नुहोस्
अर्थ र बजार
कार्यालय सहयोगिको भरमा भन्सार कार्यालय
64x64
मगलवार, फाल्गुन ४, २०७७ नेपालबोट समाचारदाता
उत्तरी छिमेकी मुलुक चीनसँग सिमाना डोडिएको मुगुको एक मात्र अन्तरदेशिय नाक्चेलाग्ना भन्सार कार्यालयमा खटाइएको कोहीपनि माथिल्लो स्तरका कर्मचारी नभएपछि दुई वर्षयता कार्यालय सहयोगीको भरमा सञ्चालन हुदैं आएको हो । पुरा पढ्नुहोस्
ताजा समाचार
जागिर जोगाउन विद्यार्थी बन्धक आइतवार, फाल्गुन १६, २०७७ 21
बर्डफुलुको डरले हुम्लामा मासु आयातमा प्रतिबन्ध
विद्यालयलाई बजेट पार्न नक्कली सिफारिश
आफू पार्टी भित्र अन्यायमा परेको प्रचण्डको भनाइ
दश दिन देखि हराएका कालीकोटका यूवा अझैं भेटिएनन्
कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या २५ लाख नाघ्यो
प्रचण्डको अभिव्यक्तिले जन्माएका ‘अनकम्फर्टेबल’ प्रश्नहरु
राष्ट्रपति सीद्वारा चीन गरिबीमुक्त घोषणा
आज घरघरमा स्वस्थानी ब्रत समापन गरिँदै
विचार–ब्लग
सगरमाथामाथि कुदृष्टि किन ? नेपालबोट समाचारदाता
अनि ओली भारततर्फ मोडिए ! नेपालबोट समाचारदाता
भाषणमा समय स्वाहा ! नेपालबोट समाचारदाता
नेपालबोट संवाद
'पार्टी एकीकरणको निम्ति प्रचण्डले भूमिका खेल्नुपर्ने हो'- उपाध्यक्ष गौतम (संवाद) बुधवार, फाल्गुन १२, २०७७
नेपाली अर्थतन्त्रलाई गति दिने अर्थमन्त्री विष्णु पौडेलका ६ योजना छन (अन्तर्वार्ता) शनिवार, कार्तिक १५, २०७७
'पार्टीको निर्देशन भन्दा संवैधानिक व्यवस्थाअनुसार काम गरेका छौं' मुख्यमन्त्री शाही (अन्तर्वार्ता) आइतवार, कार्तिक ९, २०७७
कला
बेहुली बनिन् स्वेता खड्का सोमवार, मंसिर २२, २०७७
चमत्कारिक फाईदाका लागि हरेक बिहानीमा यि काम गर्नुहोस् सोमवार, कार्तिक १७, २०७७
कालोपोथीका निर्देश्क भामले बहूपति प्रथामा चलिचित्र निर्माण गर्ने सोमवार, भदौ २२, २०७७
बिचित्र शंसार
तरबार हानाहानमा हराएर पत्नीसँग डिभोर्स गर्न पाउनुपर्ने माग
दाइको बच्चाकी आमा बनेकी बहिनीको खुलासाः दाइले दैनिक बलात्कार गर्थे
सांसदले पादेपछि संसद बैठक नै स्थगित
घाट लगिएकी महिला ज्युँदै : पानीमा आधा शरीर डुबाउँदा चल्मलाएपछि अस्पताल भर्ना
सम्पर्क

प्रकाशक

SAN Multi Media & Research Center Pvt. Ltd

प्रधान सम्पादक

नवराज महतारा

सम्पर्क ठेगाना

SAN Multi Media & Research Center Pvt. Ltd Simkot 5, Humla Nepal
Email [email protected]

NepalBot.com

Kathmandu 16, Balaju Nepal
Email: [email protected], [email protected]
Phone: +977-9851124610 & 9847522878
सूचना विभाग दर्ता नं: १००४ - ०७५ - ०७६
मेनु
  • राजनीति
  • समाज
  • कला र साहित्य
  • अर्थ र बजार
  • विश्व
  • खोजि रिर्पोट
  • विविध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #कोरोना अपडेट
  • #छापामा आज
  • #कोरोना कहर
  • #आजको मौसम
  • #नेकपा विवाद
फेसबुक पेज
Nepalbot.com
©SAN Multi Media & Research Center - 2021 All rights reserved.
Web Design by : SoftNEP