काठमाडौं । २०७२ को भूकम्पमा क्षतिग्रस्त २५ वटा स्वास्थ्यचौकी पुनर्निर्माणका लागि भारतले ५३ करोड रुपैयाँ सहयोग प्रदान गर्ने भएको छ ।
भारतीय दूतावासको विकास साझेदारी तथा पुनर्निर्माण विभागका प्रमुख तथा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन) का परियोजना निर्देशकले सोसम्बन्धी चारवटा सम्झौतापत्रमा शुक्रबार हस्ताक्षर गरेका हुन् । जसअनुसार धादिङमा १२ वटा र सिन्धुपाल्चोकमा १३ वटा स्वास्थ्यचौकी पुनर्निर्माण हुनेछन् ।
शुक्रबारै निर्माण कम्पनी र इकाइबीच ठेक्का सम्झौतामा समेत हस्ताक्षर भएको छ । यो पुनर्निर्माणमा भारतको केन्द्रीय भवन अनुसन्धान संस्थान ९सीबीआरआई०, रुड्कीले प्राविधिक सहयोग प्रदान गर्नेछन् । सीबीआरआई भूकम्प प्रतिरोधी पुनर्निर्माणमा भारतकै शीर्ष संस्थानमध्येमा पर्छ ।