हुम्लाको सदरमकाम सिमकोटमा कुखुराको मासुको मुल्य वृद्धिप्रति स्थानीय सेवाग्राहीले गुनासो गरेका छन् । बजारमा एका एक दिन प्रतिदिन कुखुरा र खसिको मासुको मुल्यमा वृद्धि गरेपछि यहाँका स्थानीयले समस्या झेल्नु परेको छ ।
नेपालगंज र सुर्खेतबाट नियमित रुपमा हवाई सन्चालनमा नआएपछि मासु व्यवसायीहरुले मौकाको फाइदा उठाउन थालेका छन् । हवाई सन्चालनमा नआएपछि बजारमा प्रयाप्त मासु नहुने र कहीलेकाँही उडान भरेका हवाईमा आयत भएको मासुको मुल्य दोव्बर असुल्दा उपभोक्ताहरुले मार खेप्नु परेको गुनासो छ ।
जिल्ला बाहिरबाट नियमित रुपमा हवाई उडान नभएको मौकाको फाइदा उठाउने व्यवसायीले हाल स्थानीय सेवाग्राहीलाई महंगो मुल्यमा मासु विक्रि गर्दै आएका छन् । यतिवेला कुखुरा एक किलाको १ हजार र खसीको १ हजार ३ सय रुपैयाँ असुल्ने गरेका छन् ।
दैनिक दिन वजारमा मासुको मुल्य वृद्धि भएको बारेमा नियमनकारी निकाय भने मौन अवस्थामा बसेको छ । व्यवसायीले विक्रि गर्दै आएको उपभोग्य बस्तुको उद्योग बाणिज्य संघ हुम्लाले मुल्य सुचि टाँस गरिनु पर्ने भन्दा पनि सुनुवाई नगरेको व्यवसायीको भनाई छ ।