Skip This
Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश न. ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • कला र साहित्य
  • अर्थ र बजार
  • विश्व
  • खोजि रिर्पोट
  • विविध
    • बिचार
    • पर्यटन
    • बिचित्र शंसार
    • खेलकुद
    • सूचना प्रविधि
    • नेपालबोट संवाद
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
आइतवार, फाल्गुन १६, २०७७ ०८:३२:४३
  •  
  •  
  • युनिकोड
  • हाम्रो टीम
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश न. ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • कला र साहित्य
  • अर्थ र बजार
  • विश्व
  • खोजि रिर्पोट
  • विविध
    • बिचार
    • पर्यटन
    • बिचित्र शंसार
    • खेलकुद
    • सूचना प्रविधि
    • नेपालबोट संवाद
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
जागिर जोगाउन विद्यार्थी बन्धक
बर्डफुलुको डरले हुम्लामा मासु आयातमा प्रतिबन्ध
विद्यालयलाई बजेट पार्न नक्कली सिफारिश
आफू पार्टी भित्र अन्यायमा परेको प्रचण्डको भनाइ
दश दिन देखि हराएका कालीकोटका यूवा अझैं भेटिएनन्
कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या २५ लाख नाघ्यो
प्रचण्डको अभिव्यक्तिले जन्माएका ‘अनकम्फर्टेबल’ प्रश्नहरु
राष्ट्रपति सीद्वारा चीन गरिबीमुक्त घोषणा
आज घरघरमा स्वस्थानी ब्रत समापन गरिँदै
नेपालबोट संवाद
  • Home
  • News
  • 'पार्टीको निर्देशन भन्दा संवैधानिक व्यवस्थाअनुसार काम गरेका छौं' मुख्यमन्त्री शाही (अन्तर्वार्ता)
'पार्टीको निर्देशन भन्दा संवैधानिक व्यवस्थाअनुसार काम गरेका छौं' मुख्यमन्त्री शाही (अन्तर्वार्ता)
64x64
आइतवार, कार्तिक ९, २०७७ नेपालबोट समाचारदाता

अध्यक्षद्वयका निर्देशनभन्दा पनि संवैधानिक व्यवस्थाअनुसार काम गरेका छौं स् मुख्यमन्त्री शाही ९अन्तर्वार्ता०

काठमाडौँ । कर्णाली प्रदेशसभा सत्तारुढ नेकपाको संसदीय दलमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली निकट यामलाल कँडेलको नेतृत्वमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भयो ।

तीन खेमामा विभाजित नेकपा कर्णालीमा अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूह एकातिर लाग्दा उक्त अविश्वासको प्रस्तावले ल्याएको विवाद हालका लागि असफल भएको छ । तर, त्यसको झट्का नेकपाको केन्द्रसम्मै लागेको देखिन्छ ।

कर्णालीको विवाद समाधान गर्ने क्रममा नेकपाका अध्यक्षद्वयबीचको असहमति सहतमै देखिन थालेको छ । यसको उच्च रुप दसैं पछाडि देखापर्ने नेकपाकै शीर्ष नेताहरू बताइरहेका छन् ।

यसै सन्दर्भमा कर्णालीको विवाद साम्य भएको हो ? अध्यक्षद्वयका निर्देशनले अब कस्तो रुप लैजाला ? सत्ता जोगाउन भएको भनिएको सहमति कहिले कार्यान्वयन होला ? यी विषयमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसँग जयसिंह महराले गरेको कुराकानीः

नेकपा कर्णाली प्रदेश विवाद टुंगो लागेको हो कि अझै बाँकी छ ?


यो समस्या पार्टीभित्रको हो । दलभित्रको आन्तरिक कुरा हो । त्यसकारण दलभित्र छलफल गरेर नै समाधान गर्ने हो । १८ जना प्रदेशसभा सदस्यहरूले म विरुद्ध अविश्वासको प्रस्ताव ल्याउनुभयो । त्यतिबेला पनि दलमा सल्लाह गरेर अविश्वास प्रस्ताव ल्याइएको होइन । अविश्वासको प्रस्ताव एउटा प्रक्रियामा आइसकेपछि त्यसलाई प्रक्रियामा नै लगेर टुंग्याउनुपर्‍यो ।

अहिले संसदीय दलले त्यसलाई अस्वीकार गरेको छ । अहिलेको यो विवाद त सकियो तर अब के कसो गर्ने ? सरकारका कामलाई थप प्रभावकारी कसरी बनाएर लैजाने, भन्नेबारे कुरा गर्न बाँकी छ । हामी यसबारे दलमा छलफल गर्छौं । त्यसपछि अगाडि बढ्छौं । अहिले देखिएका समस्याको समाधान गर्छौं ।

नेकपा कर्णालीका असन्तुष्ट नेताहरू बहुमतको निर्णय मान्दैनौं भनेर अभिव्यक्ति दिइरहनुभएको छ । यस्तो अवस्थामा विवाद समाधान भयो भनेर कसरी मान्ने ?

प्रक्रियाद्वारा विषय समाधान भइसकेपछि मान्दैनौं भनेर भन्ने कुरै भएन नि १ दलको नेता म हो । दलको नेताले बोलाइसकेपछि बैठकमा सबै सदस्यहरूले आउनुपर्छ । अनुशासनको कुरा पनि हो । नैतिक प्रश्न पनि हो । आउँदैनौं भनेर नआउन पनि सक्ने भए । ५ वा १० जना नआउँदैमा दलको बैठक त रोकिँदैन । बैठक सञ्चालनका लागि आवश्यक गणपूरक संख्या पुगेपछि त बैठक अगाडि बढ्छ । दलको बैठकमा शतप्रतिशत उपस्थित हुनैपर्छ भन्ने व्यवस्था त छैन । कोरम पुग्नेबित्तिकै दलको बैठक अगाडि बढ्छ । त्यहाँबाट निर्णय हुन्छ ।

नेकपाका अध्यक्षद्वयले कर्णालीको विवाद समाधानका लागि फरक(फरक निर्देशन दिनुभएछ । ती निर्देशनले झन् विवाद बढ्ला जस्तो देखियो नि ?

केन्द्रको निर्देशन, पार्टीको निर्देशन एउटा कुरा भयो । तर, कुनै पनि समस्या समाधान गर्न, सत्ता र संसद् सञ्चालन गर्नका लागि त संवैधानिक व्यवस्था छन् । हामीले त कानुन, संविधानलाई नै कार्यान्वयन गरेर जाने हो ।

आएका समस्या पार्टीले सुल्झाउने हो, अरु त प्रक्रियामै जाने हो । संसदीय वा सरकारका समस्याका समाधान त प्रक्रियामा नै गएर गर्ने हो । प्रक्रियामा जानुभन्दा अगाडि पार्टीभित्र छलफल गर्ने कुरा एउटा हो ।

अध्यक्ष तथा प्रधानमन्त्री र कार्यकारी अध्यक्षले दिएका निर्देशनको पनि त केही महत्त्व होला नि ?

उहाँहरूका निर्देशन पनि समस्या सुल्झाउनका लागि नै हुन् । संसद् र सरकारको कामकारबाहीलाई प्रभावकारी ढंगले अगाडि बढाउने हो । समस्या सुल्झाउने हो ।

कर्णालीको सन्दर्भमा अध्यक्षद्वयका निर्देशनले त समस्या बल्झाउने जस्तो देखियो हैन ?

उहाँहरूको निर्देशनभन्दा पनि हामीले संवैधानिक, कानुनी व्यवस्थाअनुसार काम गरेका छौं । संविधान र कानुनलाई एक कुनामा राखेर काम गर्न सकिने कुरा भएन । सबैले आ(आफ्नो अधिकारको प्रयोग गर्नुपर्‍यो । पार्टीले आवश्यक सल्लाह दिनेरमाग्ने हो, सूचना माग्ने हो र योजना बनाउने हो । कार्यान्वयन गर्ने काम त सरकारको सरकारले गर्छ र संसदको संसदले गर्छ ।

नेकपाका यी गतिविधिले संघीयतामाथि नै प्रश्न पनि उठ्ने बनायो भन्न थालिएको छ । प्रदेशहरूको आवश्यकता र औचित्यमाथि नै बहस गर्ने बेला आयो भन्न पनि लागिएको छ । यतापट्टि कत्तिको गम्भीर हुनुहुन्छ ?

अहिले हामीले चालेका कदम र निर्णयले संघीय व्यवस्थालाई थप प्रभावकारी बनाउन, यसका मूल्य मान्यतालाई स्थापित गर्नका लागि ठूलो मद्दत गर्छ । सरकार सञ्चालनका सन्दर्भमा संविधानले स्थानीय तह, प्रदेश र संघीय सरकारलाई अधिकार दिएको छ । सबैले संविधानले दिएका अधिकार प्रयोग गर्ने हो । कसैले कसैलाई दिने र लिने भन्ने होइन ।

पार्टीको जिम्मेवार नेताहरू भएकाले सल्लाह, सुझाव दिनसक्ने कुरा भयो तर तल ज(जसले जे(जे जिम्मेवारी पाएका छन् ती जिम्मेवार व्यक्तिहरूले व्यवस्थालाई प्रभावकारी ढंगले कार्यान्वयन गरेर जानुपर्‍यो ।

तपाईंविरुद्ध आएको अविश्वासको प्रस्ताव असफल पार्नका लागि उक्त प्रस्तावमा नाम भएका सांसदलाई फिर्ता गराउने क्रममा भएका सहमति कार्यान्वयन गर्नेबारे के तयारी भइरहेको छ ?

बाहिर सञ्चारमाध्यममा केही कुरा आएका छन् तर त्यस्तो सहमति नै भने भएको होइन । हामी एकतालाई झन् मजबुत बनाएर जाने, सरकार र संसद्का कामहरू थप प्रभावकारी ढंगबाट अगाडि बढाएर जाने र योजना कार्यान्वयन गर्ने गरी अगाडि बढ्छौं ।

कर्णाली प्रदेशको विवादका कारण नेकपाको केन्द्रमा र संघीय सरकारमा नै विवाद चर्किएला जस्तो संकेत देखिइरहेका छन् नि ?

समस्याको समाधान खोज्नुपर्छ । तर, समस्या, बहस र विवाद नै नभए त पार्टी नै रहन्न । पार्टीमा आफूलाई लागेका कुरा जोकोहीले पनि राख्न पायो तर निर्णय त संगठनले गर्नुपर्छ ।

अहिले पनि दुईवटा अध्यक्षले आफ्ना मनमा लागेका आधारमा आदेश गर्नुभन्दा पनि सल्लाह, छलफल गरेर संगठनबाट निर्णय गर्नु राम्रो हुन्छ । दुईवटा अध्यक्ष बसेर सल्लाह गर्दा नटुंगिएका विषयहरूमा सचिवालयको टिम छ त्यहाँ छलफल हुनुपर्‍यो । त्यहाँ नभएका विषयलाई स्थायी कमिटीमा ल्याएर छलफल गर्नुपर्छ, त्यहाँ पनि भएन भने केन्द्रीय समितिमा लैजानुपर्छ । पार्टीका राजनीतिक, सैद्धान्तिक र वैचारिक कुराहरू कतिपय महाधिवेशनमा लगेर टुंगो लगाउनुपर्ने हुन्छ । पार्टीको यो संगठनात्मक सिद्धानतलाई मानेर जानुपर्‍यो ।

नेकपामा संगठनात्मक सिद्धान्त पनि पालना हुने गरेको छ र ?

अहिले हामी पार्टी एकीकरणको चरणमा छौं, त्यसैले पनि केही समस्या आएका हुन् । अर्को भनेको संघीय व्यवस्था कार्यान्वयनको प्रारम्भिक चरणमा पनि छौं । तल्ला निकायमा विभिन्न समस्या पनि छन् । त्यसकै कारण पनि यी समस्या हुने गरेका छन् । यसलाई अश्वाभाविक भन्दा पनि स्वाभाविक ठान्दै अव्यवस्थितबाट व्यवस्थित तिर जाने हो । प्रक्रियामा अगाडि बढिरहेका छौं भन्ने बुझाइका साथ सकारात्मक भएर जानुपर्छ ।

पार्टीका कुरा गर्नुहुन्छ भने हामी विगतमा विपरीत ध्रुवमा रहेका पार्टीहरू थिए । एकता हुन पनि धेरै गाह्रो थियो । अहिले टक्क इँटा खप्टिएजसरी मल्ने कुरा पनि भएन । धेरै विमतिबीचबाट छलफल गर्दै सहमति खोजेर जाने हो ।

साभार कान्तिपुर


प्रकाशित मिति: आइतवार, कार्तिक ९, २०७७, ०६:१०:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'पार्टी एकीकरणको निम्ति प्रचण्डले भूमिका खेल्नुपर्ने हो'- उपाध्यक्ष गौतम (संवाद)
नेपाली अर्थतन्त्रलाई गति दिने अर्थमन्त्री विष्णु पौडेलका ६ योजना छन (अन्तर्वार्ता)
‘बानी व्यवहार सुधारौं, दुरी कायम गरौं नत्र फेरि लकडाउनको सामना गर्नुपर्ने हुनसक्छ’ – जोस भ्याण्डेलर
उपप्रधानमन्त्री एवं रक्षा मन्त्री इश्वर पोखरेल भन्नु हुन्छ, 'सरकारले आदेश जारी गरेर मात्रै संक्रमणलाई रोक्न सकिँदैन'
नेपालबोट संवाद
‘दुई महीना विद्यालय खुल्ने सम्भावना छैन’–शिक्षामन्त्री पोखरेल
64x64
शुक्रवार, जेठ ३०, २०७७ नेपालबोट समाचारदाता
विद्यालयले गरेको आन्तरिक मूल्यांकनलाई आधारित गरेर एउटा निश्चित कार्यविधिको आधारमा यसलाई व्यवहारिक ढंगले गरिन्छ। झण्डै एक महीना जतिमा यो सबै कुराहरू राजपत्रमा छापिएर आइसकेपछि काम सक्छौं भन्ने मन्त्रालयको बुझाइ छ। मन्त्रालयले अरू आन्तरिक छलफल पनि गरेको छ। तर, कार्यविधि बनाउने जिम्मा चाहिं राष्ट्रिय परीक्षा बोर्डलाई छ। पुरा पढ्नुहोस्
नेपालबोट संवाद
‘आयोगले चिटको भरमा आयोजना छनौट गर्दैन ’
64x64
बिहिवार, पुष २४, २०७६ नेपालबोट समाचारदाता
१५औँ योजनाले मुलभूत रुपमा सरकारी सुधारलाई प्रमुख एजेण्डा बनाएको छ । त्यसको लागि विषयगत कार्ययोजना हुन सक्छ भनेर योजना आयोगले अध्ययन गरिरहेको छ । त्यसैले व्युरोक्रेसीले प्रक्रिया खोज्ने र राजनीतिज्ञले परिणाम खोज्छ । राजनीतिक नेतृत्व जनताप्रति उत्तरदायी छ । पुरा पढ्नुहोस्
ताजा समाचार
जागिर जोगाउन विद्यार्थी बन्धक आइतवार, फाल्गुन १६, २०७७ 21
बर्डफुलुको डरले हुम्लामा मासु आयातमा प्रतिबन्ध
विद्यालयलाई बजेट पार्न नक्कली सिफारिश
आफू पार्टी भित्र अन्यायमा परेको प्रचण्डको भनाइ
दश दिन देखि हराएका कालीकोटका यूवा अझैं भेटिएनन्
कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या २५ लाख नाघ्यो
प्रचण्डको अभिव्यक्तिले जन्माएका ‘अनकम्फर्टेबल’ प्रश्नहरु
राष्ट्रपति सीद्वारा चीन गरिबीमुक्त घोषणा
आज घरघरमा स्वस्थानी ब्रत समापन गरिँदै
विचार–ब्लग
सगरमाथामाथि कुदृष्टि किन ? नेपालबोट समाचारदाता
अनि ओली भारततर्फ मोडिए ! नेपालबोट समाचारदाता
भाषणमा समय स्वाहा ! नेपालबोट समाचारदाता
नेपालबोट संवाद
'पार्टी एकीकरणको निम्ति प्रचण्डले भूमिका खेल्नुपर्ने हो'- उपाध्यक्ष गौतम (संवाद) बुधवार, फाल्गुन १२, २०७७
नेपाली अर्थतन्त्रलाई गति दिने अर्थमन्त्री विष्णु पौडेलका ६ योजना छन (अन्तर्वार्ता) शनिवार, कार्तिक १५, २०७७
'पार्टीको निर्देशन भन्दा संवैधानिक व्यवस्थाअनुसार काम गरेका छौं' मुख्यमन्त्री शाही (अन्तर्वार्ता) आइतवार, कार्तिक ९, २०७७
कला
बेहुली बनिन् स्वेता खड्का सोमवार, मंसिर २२, २०७७
चमत्कारिक फाईदाका लागि हरेक बिहानीमा यि काम गर्नुहोस् सोमवार, कार्तिक १७, २०७७
कालोपोथीका निर्देश्क भामले बहूपति प्रथामा चलिचित्र निर्माण गर्ने सोमवार, भदौ २२, २०७७
बिचित्र शंसार
तरबार हानाहानमा हराएर पत्नीसँग डिभोर्स गर्न पाउनुपर्ने माग
दाइको बच्चाकी आमा बनेकी बहिनीको खुलासाः दाइले दैनिक बलात्कार गर्थे
सांसदले पादेपछि संसद बैठक नै स्थगित
घाट लगिएकी महिला ज्युँदै : पानीमा आधा शरीर डुबाउँदा चल्मलाएपछि अस्पताल भर्ना
सम्पर्क

प्रकाशक

SAN Multi Media & Research Center Pvt. Ltd

प्रधान सम्पादक

नवराज महतारा

सम्पर्क ठेगाना

SAN Multi Media & Research Center Pvt. Ltd Simkot 5, Humla Nepal
Email [email protected]

NepalBot.com

Kathmandu 16, Balaju Nepal
Email: [email protected], [email protected]
Phone: +977-9851124610 & 9847522878
सूचना विभाग दर्ता नं: १००४ - ०७५ - ०७६
मेनु
  • राजनीति
  • समाज
  • कला र साहित्य
  • अर्थ र बजार
  • विश्व
  • खोजि रिर्पोट
  • विविध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #कोरोना अपडेट
  • #छापामा आज
  • #कोरोना कहर
  • #आजको मौसम
  • #नेकपा विवाद
फेसबुक पेज
Nepalbot.com
©SAN Multi Media & Research Center - 2021 All rights reserved.
Web Design by : SoftNEP