Skip This
Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश न. ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • कला र साहित्य
  • अर्थ र बजार
  • विश्व
  • खोजि रिर्पोट
  • विविध
    • बिचार
    • पर्यटन
    • बिचित्र शंसार
    • खेलकुद
    • सूचना प्रविधि
    • नेपालबोट संवाद
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
बिहिवार, फाल्गुन १३, २०७७ ०१:२५:४०
  •  
  •  
  • युनिकोड
  • हाम्रो टीम
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश न. ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • कला र साहित्य
  • अर्थ र बजार
  • विश्व
  • खोजि रिर्पोट
  • विविध
    • बिचार
    • पर्यटन
    • बिचित्र शंसार
    • खेलकुद
    • सूचना प्रविधि
    • नेपालबोट संवाद
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
नेकपा ओली समूहको स्थायी कमिटी बैठक स्थगित
संसद पुर्नस्थापनासँगै राजनीतिक दलहरु सरकार बनाउने दौडधूपमा
काँग्रेस पदाधिकारी बैठक आज बस्दै
सबै स्थानीय तहमा सैनिक गुप्तचर विस्तार हुने
भावी समीकरणमा कांग्रेस निर्णायक
यस्तो छ, नेकपा संसदीय दलको जोड घटाउः, दुवै पक्ष हाराहारीमा
मुगुको छाँयानाथ राराका एकल पुरुषले पनि भत्ता पाउने
पत्रकार रावलमाथी प्रहरीले गरेको व्यवहारप्रति पत्रकार महासंघको आपत्ति (विज्ञप्तीसहित)
'पार्टी एकीकरणको निम्ति प्रचण्डले भूमिका खेल्नुपर्ने हो'- उपाध्यक्ष गौतम (संवाद)
बिचार
  • Home
  • News
  • भाषणमा समय स्वाहा !
भाषणमा समय स्वाहा !
64x64
आइतवार, मंसिर २८, २०७७ नेपालबोट समाचारदाता

हाम्रा निर्णायक तहका मानिसको अधिकांश समय सभा, समारोह, शिल्यान्यास, उद्घाटन, प्रवचन, पुरस्कार वितरण जस्ता कार्यक्रममा जाने गरेको छ। जसले गर्दा निर्णायक तहमा आसीन मानिस महत्वपूर्ण काममा पर्याप्त समय दिन असमर्थ हुँदो रहेछ। 

निर्णय गर्नुपर्ने कुरामा उनीहरूको जानकारी, दखल र चासो पुग्दैन र धेरै काम अलपत्र पर्छ। विकास–आयोजनाको दुर्गति हुन्छ। जब निर्णय गर्नुपर्ने अधिकारी नै विषयप्रति छ्याङ्ङ हुँदैनन्, त्यस्ता परियोजना कार्यान्वयनमा आउने सम्भावना नै हुँदैन। 

कतिपय आयोजना त काम सम्पन्न भइसक्नुपर्ने समयमा पनि शुरु नै नहुने रहेछन्। उदाहरणका लागि पश्चिम सेती, बूढीगण्डकी परियोजना। नाम राष्ट्रिय गौरवका आयोजना राखिए पनि त्यस अनुसारको प्राथमिकतामा नपर्दा यिनको बिजोग देखिन्छ। निर्णय गर्नुपूर्व ती परियोजनाबारे सम्पूर्ण रुपमा बुझेर र व्यवस्थापन गर्न सकेको भए यस्तो स्थिति आउने थिएन। परियोजना निर्माण अगाडि बढ्थ्यो। 

यस्तो स्थितिको उपयुक्त उपचार के त भन्ने प्रश्न उठ्छ। निर्णायक तह अझ अन्तिम निर्णयकर्ताले निर्णय गर्नुपूर्व परियोजनाबारे सहजता र जटिलता बुझ्ने। त्यसका लागि पर्याप्त समय दिनुपर्ने हुन्छ। समय व्यवस्थापन गर्ने उपाय हो, सभा समारोहमा जाने समय कटौती। अनुत्पादक रुपमा विभिन्न नामका कार्यक्रममा बित्ने समय विकास र परियोजनाहरूमा दिनु उपयुक्त हुन्छ।

हाम्रा नेताहरूको धेरैजसो समय जनसम्पर्क र कार्यक्रममा खर्च हुँदा सोच्ने, पढ्ने र योजना तथा विकासमा ध्यान पुगेन। जनस्तरबाट आयोजना हुने कार्यक्रम तथा सभा समारोहमा जाँदै नगएर पनि भएन। लोकतन्त्रमा जनतालाई अत्यधिक समय दिनैपर्छ। उनीहरूका कुरा सुन्नैपर्छ। यसका लागि प्रधानमन्त्री त्यस्ता कार्यक्रममा सकेसम्म जाने तर मुख देखाएर फर्कने गर्नुपर्छ। ती कार्यक्रममा एक जना सल्लाहकार भने छोड्ने व्यवस्था मिलाउनुपर्छ, जो दक्ष र कुशल हुनैपर्छ। त्यहाँ उठेका सम्पूर्ण सरोकारवाला विषयको रिपोर्ट प्रधानमन्त्रीको कार्यालयमा दुरुस्त हस्तान्तरण गर्नुपर्छ। जसले गर्दा सबै कुराको जानकारी प्रधानमन्त्रीलाई होस्।

सभा समारोहमा सहभागी हुनेले त्यहाँ उठाइएका सवालहरू टिपोट गरेर मुख्य मानिसकहाँ लगेर सम्भव भए प्रत्यक्ष रुपमा सुनाउने गर्नुपर्छ। मुख्य मान्छेले त्यो टिपोट गम्भीर भएर पढ्ने र गाँठी कुरा थाहा पाउनुपर्छ। यसो गरेमा राज्य सञ्चालन प्रभावकारी बनाउन मद्दत पुग्नेछ। अन्यथा हाम्रा निर्णायक तहका मानिस कहाँ अलमलिने भए कहाँ१

जम्मा दुई जनाबाट सराहना
नीति निर्माताको समय परिणाममुखी काममा लगाउने र राज्य सञ्चालन प्रभावकारी बनाउने यो कुरा नेपाल वातावरण पत्रकार समूहमा रहँदा मैले धेरै वर्षअघि धेरै ठाउँमा धेरैका अगाडि राखें। तर, यसको पक्षमा दुई जना मात्र पाएँ। ती हुन्, होटेल द्वारिकाकी मालिक अम्बिका श्रेष्ठ र लोकेन्द्रबहादुर चन्द। अम्बिकासामु कुरा राख्दा उनले चाख दिएर सुनिन् र उत्साहित हुँदै भनिन्, “लौ यो त नगरी भएन।”

त्यति बेला प्रधानमन्त्री थिए, लोकेन्द्रबहादुर चन्द। मेरो विचार चन्दको कानसम्म पुर्‍याएँ। उनले ‘साह्रै राम्रो आइडिया’ भने रे। तर कार्यान्वयन शुरु गराउन सकिएन।

बीसौं शताब्दीको पुनरावृत्ति 

अहिले झन् नेताहरूको भाषण मोह असाध्यै बढेको छ। प्रजातन्त्र पुनस्थापना हुँदै गणतन्त्र प्राप्तिसम्म आउँदा नेताहरूले जनतालाई केही दिएका छन् भने त्यो भाषण मात्र हो। भाषणमै उनीहरूले आफ्नो लामो राजनीतिक जीवन बिताइदिएका छन्, अझै त्यही निरर्थक भाषणको खोलोमा समय बगाउँदैछन्। आजका कतिपय मान्छेसँग पैसा छ, समय छैन। तर हाम्रा राजनीतिक नेताहरू पैसा छैन भन्छन्, समय छैन भन्दैनन्।

अहिले त प्रधानमन्त्री केपी शर्मा ओलीले नै लामो भाषण गर्न धेरै अभिरुचि राखेको देखिन्छ। कोरोना संक्रमण महामारीको फरक परिस्थितिमा भर्चुअल रुपमा जूम बैठकहरू हुने गरेका छन्। प्रधानमन्त्री ओली आफूलाई सर्वज्ञ र अरुलाई अल्पज्ञ ठान्छन्। मानसिकता नै यस्तो भएपछि भाषण लामो हुने नै भयो। भाषणमा धेरै समय भाषणमा अनुत्पादक रूपमा खर्च भएपछि ठोस कामका लागि समय हुने कुरै भएन। 
त्यसैले अनुत्पादक रूपमा बित्ने समय बचाएर देश र जनताको लागि महत्वपूर्ण काममा खर्चने विधि अहिले झनै सान्दर्भिक देखिन्छ। 

व्यवस्था जतिसुकै राम्रो र जनमुखी आओस्, हाम्रा नेताहरूमा भने पुरानै सोचको धङधङी कायमै छ। हाम्रा अहिलेका सबैजसो नेताहरू राजसंस्थाको बेला जन्मिएका हुन्, नजानिंदो रुपमा त्यही विलासी जीवनशैली, ठालु सोच, आत्मकेन्द्रित चिन्तन जस्ता बैगुन उनीहरूमा छ। सामन्तवादको अवशेष यत्र तत्र सर्वत्र छ, जुन प्रगतिशीलता जस्ता विभिन्न नामको बुइ चढेर सबैलाई मूर्ख पारेर रजाइँ गरिरहेको छ।

हाम्रा सामाजिक र सार्वजनिक संस्थाहरू अझै पनि पुरानै समय सम्झाउँछन्। कतिसम्म भने, कार्यक्रमका आयोजकहरू नै समयमा आइपुग्दैनन्। बल्ल आयोजक संस्थाको कोही मान्छे आउँछ र भित्तामा संस्थाको ब्यानर टाँस्ने तर्खर गर्छ। जुत्ता लगाएरै टेबुलमा चढ्छ र ब्यानर झुण्ड्याउँछ। आसनमा बसिसकेका पाहुनालाई फेरि आसन ग्रहण गराइन्छ। बीसौं शताब्दीमै पुरानो भैसकेको चलन पछ्याएर ब्याच वितरण, माला, खादा पहिर्‍याइदिन्छ। 

जूम बैठकमा समेत आसन ग्रहण गराइन्छ रे। यो प्रवृत्तिले हामी कुन अलमलमा हराइरहेका छौं भन्ने ऐना देखाउँछ। अनावश्यक औपचारिकता देखाउने भुलभुलैयामा लाग्दा हामीले गर्नैपर्ने काम भने छुटाइरहेका छौं। आजको महँगो समय यस्तै नचाहिंदा काममा खर्च हुन्छ। समय खाने यो औपचारिक रीत अब हटाउनुपर्छ।  

धन्यवाद भाषणमा बकवास 

कार्यक्रम र समारोहहरू छरितो किसिमले सञ्चालन गरिएको विरलै देखिन्छ। अधिकांश कार्यक्रम वाहियात किसिमले चलाइन्छ। 

सभापति भन्दा पहिले मञ्चमा एउटा मान्छे उभिन्छ, धन्यवादको फेहरिस्त लिएर। धन्यवादको नाममा लामो बकवास गरेर ऊ त्यहाँ उपस्थित पाहुना र सहभागीहरूको समय खाइदिन्छ। बल्लबल्ल मञ्चमा उभिन पाए झैं दंग परेर जिब्रो चपाउँदै बोलिरहन्छ। 

उता प्रमुख अतिथि जलपान गर्न प्रतीक्षा गरिरहेका हुन्छन्। विकास र नीति निर्माणमा घोत्लिनुपर्ने मान्छे प्रायः यस्ता कार्यक्रममा धेरै समय दिन्छन्, जो न्यायसंगत ठहर्दैन। प्रमुख अतिथिको भाषणले कार्यक्रमको विषय र क्षेत्रभित्र पर्नेरनपर्ने सारा कुरा छताछुल्ल पार्छ। जनता यस्ता भाषण पनि चाख मानेर सुन्छन्। ठूला नेता सहभागी हुने सभाहरूमा नेताको भाषणलाई कार्यकर्ताको थपडीले छोप्छ।

यो लेख हिमाल खबरका लागि तयार पारिएको हो ।


प्रकाशित मिति: आइतवार, मंसिर २८, २०७७, ०५:१२:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सगरमाथामाथि कुदृष्टि किन ?
अनि ओली भारततर्फ मोडिए !
वैवाहिक जीवनमा बाँधिन लागेकी नायीका खड्काले भनिन, म जीवनको नविन यात्रामा
प्रचण्डको उत्थान र पतन !
बिचार
देउसी–भैलो शुरुवात र यससँग जोडिएका केही रोच तत्थ्य
64x64
शनिवार, कार्तिक २९, २०७७ नेपालबोट समाचारदाता
धर्मशास्त्र र लोकोक्तिले ती सबैको महत्वलाई व्याख्या गर्ने गरेको छ । यस्तै चाडमध्ये पाँच दिनसम्म मनाइने तिहार (यमपञ्चक) एक हो । पुरा पढ्नुहोस्
बिचार
रायाको वत्ति विवाद र यसले मौलाएको प्रवृती
64x64
शुक्रवार, कार्तिक २८, २०७७ नेपालबोट समाचारदाता
पुरै गाउँ नैं अन्धकारमा राख्ने र अरुको चरीत्र हत्या गर्नेलाई कडा भन्दा कडा सजाय दिएर यस प्रकारका काम आगामी दिनमा कुनै नेता, दल वा व्यक्ति एवम् समुहबाटदसमेत नहुनेतर्फ सबैले सचेत गारउनु पर्दछ । पुरा पढ्नुहोस्
ताजा समाचार
नेकपा ओली समूहको स्थायी कमिटी बैठक स्थगित बिहिवार, फाल्गुन १३, २०७७ 33
संसद पुर्नस्थापनासँगै राजनीतिक दलहरु सरकार बनाउने दौडधूपमा
काँग्रेस पदाधिकारी बैठक आज बस्दै
सबै स्थानीय तहमा सैनिक गुप्तचर विस्तार हुने
भावी समीकरणमा कांग्रेस निर्णायक
यस्तो छ, नेकपा संसदीय दलको जोड घटाउः, दुवै पक्ष हाराहारीमा
मुगुको छाँयानाथ राराका एकल पुरुषले पनि भत्ता पाउने
पत्रकार रावलमाथी प्रहरीले गरेको व्यवहारप्रति पत्रकार महासंघको आपत्ति (विज्ञप्तीसहित)
'पार्टी एकीकरणको निम्ति प्रचण्डले भूमिका खेल्नुपर्ने हो'- उपाध्यक्ष गौतम (संवाद)
विचार–ब्लग
सगरमाथामाथि कुदृष्टि किन ? नेपालबोट समाचारदाता
अनि ओली भारततर्फ मोडिए ! नेपालबोट समाचारदाता
भाषणमा समय स्वाहा ! नेपालबोट समाचारदाता
नेपालबोट संवाद
'पार्टी एकीकरणको निम्ति प्रचण्डले भूमिका खेल्नुपर्ने हो'- उपाध्यक्ष गौतम (संवाद) बुधवार, फाल्गुन १२, २०७७
नेपाली अर्थतन्त्रलाई गति दिने अर्थमन्त्री विष्णु पौडेलका ६ योजना छन (अन्तर्वार्ता) शनिवार, कार्तिक १५, २०७७
'पार्टीको निर्देशन भन्दा संवैधानिक व्यवस्थाअनुसार काम गरेका छौं' मुख्यमन्त्री शाही (अन्तर्वार्ता) आइतवार, कार्तिक ९, २०७७
कला
बेहुली बनिन् स्वेता खड्का सोमवार, मंसिर २२, २०७७
चमत्कारिक फाईदाका लागि हरेक बिहानीमा यि काम गर्नुहोस् सोमवार, कार्तिक १७, २०७७
कालोपोथीका निर्देश्क भामले बहूपति प्रथामा चलिचित्र निर्माण गर्ने सोमवार, भदौ २२, २०७७
बिचित्र शंसार
तरबार हानाहानमा हराएर पत्नीसँग डिभोर्स गर्न पाउनुपर्ने माग
दाइको बच्चाकी आमा बनेकी बहिनीको खुलासाः दाइले दैनिक बलात्कार गर्थे
सांसदले पादेपछि संसद बैठक नै स्थगित
घाट लगिएकी महिला ज्युँदै : पानीमा आधा शरीर डुबाउँदा चल्मलाएपछि अस्पताल भर्ना
सम्पर्क

प्रकाशक

SAN Multi Media & Research Center Pvt. Ltd

प्रधान सम्पादक

नवराज महतारा

सम्पर्क ठेगाना

SAN Multi Media & Research Center Pvt. Ltd Simkot 5, Humla Nepal
Email [email protected]

NepalBot.com

Kathmandu 16, Balaju Nepal
Email: [email protected], [email protected]
Phone: +977-9851124610 & 9847522878
सूचना विभाग दर्ता नं: १००४ - ०७५ - ०७६
मेनु
  • राजनीति
  • समाज
  • कला र साहित्य
  • अर्थ र बजार
  • विश्व
  • खोजि रिर्पोट
  • विविध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #कोरोना अपडेट
  • #छापामा आज
  • #कोरोना कहर
  • #आजको मौसम
  • #नेकपा विवाद
फेसबुक पेज
Nepalbot.com
©SAN Multi Media & Research Center - 2021 All rights reserved.
Web Design by : SoftNEP