एजेन्सी । दक्षिणको छिमेकी देश भारत उत्तर प्रदेशको मेरठमा एक बहिनी आफ्नै दाइको बच्चाकी आमा बनेकी छन् ।

बहिनीले आफ्नो दाइले बलात्कार गरेपछि बच्चा जन्मिएको भारतिय सञ्चार माध्यमसामु बताएकी छन् ।
भर्खरै बच्चाकी आमा बनेकी बहिनीले आप्mनै दाइ विरुद्ध अपहरण र बलात्कार गरेको उजुरी दिन पुलिस चौकी पुगेपछि उक्त घटना सार्वजनिक भएको हो । अहिले काखमा बच्चा बोकेर न्यायकालागि ती भारतिय युवती ठाउँ ठाउँमा डुलिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
भारतिय सञ्चार माध्यमका अनुसार ती युवतीले आप्mना दाइले हरेक दिन आफूलाई बलत्कार गरेको खुलासा गरेकी छिन् ।
पिडीत युवतीले आफ्ना दाइले दिल्लीमा लगेर पटक पटक बलात्कार गरेको र अहिले काखमा भएको बच्चासमेत दाइको भएको बताईन् । कयौँ महिनादेखि दाइले नै आफूलाई बलात्कार गरेको उनले बयानका क्रममा पुलिस समक्ष खुलासा गरिन् ।

युवतिको उजुरीका आधारमा पुलिसले अनुसन्धान सुरु गरेको छ । स्थानीय पुलिस चौकीले युवतीका दाइ दोषी देखिएमा कानुनअनुसार कारबाही गरिने जनाएको छ ।
