Skip This
Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश न. ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • कला र साहित्य
  • अर्थ र बजार
  • विश्व
  • खोजि रिर्पोट
  • विविध
    • बिचार
    • पर्यटन
    • बिचित्र शंसार
    • खेलकुद
    • सूचना प्रविधि
    • नेपालबोट संवाद
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
आइतवार, फाल्गुन १६, २०७७ ०९:३१:५०
  •  
  •  
  • युनिकोड
  • हाम्रो टीम
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश न. ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • कला र साहित्य
  • अर्थ र बजार
  • विश्व
  • खोजि रिर्पोट
  • विविध
    • बिचार
    • पर्यटन
    • बिचित्र शंसार
    • खेलकुद
    • सूचना प्रविधि
    • नेपालबोट संवाद
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
जागिर जोगाउन विद्यार्थी बन्धक
बर्डफुलुको डरले हुम्लामा मासु आयातमा प्रतिबन्ध
विद्यालयलाई बजेट पार्न नक्कली सिफारिश
आफू पार्टी भित्र अन्यायमा परेको प्रचण्डको भनाइ
दश दिन देखि हराएका कालीकोटका यूवा अझैं भेटिएनन्
कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या २५ लाख नाघ्यो
प्रचण्डको अभिव्यक्तिले जन्माएका ‘अनकम्फर्टेबल’ प्रश्नहरु
राष्ट्रपति सीद्वारा चीन गरिबीमुक्त घोषणा
आज घरघरमा स्वस्थानी ब्रत समापन गरिँदै
सूचना प्रविधि
  • Home
  • News
  • मध्ये क्षेत्रका हुम्लावासीलाई हेलो भन्नै गाह्रो
मध्ये क्षेत्रका हुम्लावासीलाई हेलो भन्नै गाह्रो
64x64
बुधवार, कार्तिक १२, २०७७ सुरेश परियार

हुम्ला । हिमाली जिल्ला हुम्लाको मध्ये तथा तल्लो क्षेत्रका नागरिकले एक महिनायता मोबाइलमार्फत हेलो भन्नै पाएका छैनन् ।

जिल्लाको तल्लो क्षेत्रका ४ गाउँपालिकामा १ महिनादेखि टेलिफोन सेवा नहुँदा स्थानीय सञ्चार सम्पर्कविहीन भएका छन् । हुम्लाको दक्षिणमा रहेका अदानचुली, ताँजाकोट, चंखेली, सर्केगाड गाउँपालिकासहित छिमेकी मुगुको सोरु गाउँपालिकामा समेत १ महिनादेखि टेलिफोन सेवाले काम गर्न छाडेको स्थानीयको गुनासो छ ।

नेपाल टेलिकमले हुम्लाका ७ वटै गाउँपालिकामा आफ्नो सेवा विस्तार गरे पनि भौगोलिक विकटता कारण टेलिफोन सेवा प्रभावकारी नभएको हो । ताजाकोट गाउँपालिकाको चिहीमा रहेको टावरले काम नगरेपछि यस क्षेत्रमा फोन सम्पर्क विच्छेद भएको छ ।

हुम्लाको अदानचुली गाउँपालिकामा रहेको श्रीनगर र कालिकामा रहेका दुवै टावर २० असोजबाट सञ्चालनमा आउन सकेका छैनन् भने चंखेली गाउँपालिकाको मेल्छाममा भएको टावरले पनि काम गरेको छैन ।

लकडाउनको समय आउजाउका लागि सिफारिसलगायतका आवश्यक कागजात मिलाएर मात्र आउनुपर्ने भएकाले बीच बाटोमा सयौं मानिसले ४ दिनसम्म कुर्नुपर्ने अवस्था छ ।

वल्र्डलिंक कम्युनिकेसनले विस्तार गरेको गाउँपालिका र वडा कार्यालयमा रहेको इन्टरनेट सेवाले सानोतिनो समस्या समाधान भएको अदानचुली गाउँपालिका वडा–२ का धर्मराज बोगटीले बताए ।

चाडवाडका बेला पनि १ महिनादेखि टेलिफोन नभएपछि सवारी सीमा पास, आपतकालीन खाद्यान्न ढुवानी पास, आफन्तजनसँग कुराकानीलगायत गर्न धेरै दिन कुर्नुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन् ।

अदानचुली गाउँपालिका अध्यक्ष दल फडेरा पटक–पटक टेलिकमको केन्द्रीय कार्यालय काठमाडौं गएर मर्मतका लागि ताकेता र धेरै पटक पत्र पठाए तर पनि मुगुको सोरुकोटमा ठूलो क्षमताको टावर राख्न लागिएकाले सानातिना टावरमा नलाग्न भनेर पन्छिएको बताउँछन् । ‘टावर राख्ने भनेको ३ वर्ष पूरा भयो । यहाँको समस्या कहिल्यै समाधान भएन’, फडेरा भन्छन् ।

१ महिनादेखि टेलिकमको सेवा नहुँदा कार्यकक्षमा पनि फोनले काम नगरेपछि हरेक दिन फोन गर्नकै लागि अग्लो ठाउँ जानुपर्ने बाध्यता रहेको सुनाउँछन् । वल्र्डलिंकको इन्टरनेट म्यासेन्जरबाहेक अरु सेवा अवरुद्ध रहेको उनले बताए ।

टेलिकमका टावर बिग्रेको १ महिना पुग्यो । सरोकारवाला निकायले ध्यान नदिँदा गाउँपालिकाको प्रशासनिक कामदेखि सर्वसाधारणसम्मले हैरानी बेहोर्नु परेको उनले जानकारी दिए । २१ असोजमा टेलिकमकै प्रतिनिधि राम खातीसहितको ४ जनाको टोली आएर ४ दिन लगाएर मर्मत गरेको थियो । मर्मत गरेपछि केही समय टावरले काम गरे पनि पछि बिग्रिएको हो ।

टावर मर्मतमा आएको टोलीले टावरको क्षमता अपग्रेड गरे पनि अहिले कामै गर्न छाडेको स्थानीय बताउँछन् । यसबारे टेलिकमका प्राविधिक अधिकृत कृष्ण भट्टराईलाई सोध्दा केही दिनअघि मात्र खातीसहितको टोली आएर बनाएको सुनाउँछन् । त्यसपछि पुनः टावरमा आएको गडबढीबारे केही जानकारी नभएकाले बुझेर मात्रै जवाफ दिन सकिने उनको भनाइ छ ।

मुगुको सोरुस्थित भीई र सोरुकोटमा रहेका २ वटै टावर पूर्ण रुपमा अवरुद्ध हुँदा सोरु गाउँपालिकाका सबै नागरिक टेलिफोन सेवाबाट वञ्चित भएका छन् ।

एक कल गर्न रातभरी जाग्राम बस्नु पर्ने नेप्कावासीलाई बाध्यता

जिल्लाको चखेली गाउँपालिका वडा नम्बर ५ का नेप्का गाउँका स्थानीय इन्टरनेटबाट आफन्तसँग कुरा गर्न रातभर जाग्राममा बस्ने गरेका छन् ।

दुर्गम गाउँमा टेलिकम सेवा नहुँदा त्यहाँका स्थानीयबासी आफन्तसँग कुराकानी गर्न रातभरी जाग्राम बस्नु पर्नेमा बाध्यतमा छन् ।

गाउँका बासिन्दाहरू आफन्तसँग कुरा गर्न कि त दुई दिन हिंडेर जानुपर्छ कि त रातभरी जाग्राम बसेर इन्टरनेटमा कुरा गर्नका लागि लाइनमा बस्नुपर्ने नेप्काका स्थानीय हर्कधन तामाङले बताउनुभयो । स्वास्थ्य चौकीमा रहेको वल्र्डलिङ्क इन्टरनेट सेवा पनि भरपर्दो नभएकाले दिनभरी घाम लाग्दा रातीको समयमा कुरा गर्न सकिने अवस्था छ ।

दुर्गम जिल्ला हुम्लाका अधिकासंग गाउँमा भने टेलिकमको सेवा नै छैन । उत्तरी नाम्खा गाउँपालिकाको लिमीका तिनवटा गाउँ, ताँजकोट गाउँपालिका मासपुर, चङ्खेली गाउँपालिका नेप्का लगायत गाउँमा टेलिफोन सेवा विस्तार नहुँदा स्थानीयबासी समस्यामा छन् ।


प्रकाशित मिति: बुधवार, कार्तिक १२, २०७७, ०७:१०:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
हरेक महिना सवा चार लाखले टेलिफोन प्रयोगकर्ता बढे
हुम्लामा नेपाल टेलिकम, 'ताला खोलियो सेवा उस्तै '
सेवामा सुधार नआएपछि नेपाल टेलिकम हुम्लामा तालाबन्दी
भर्चुअल शिक्षणबारे अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि
सूचना प्रविधि
भ्वाइस प्याकमा एनसेलको नयाँ अफर १७ रुपैयामा ६० मिनेटको टक टाइम
64x64
बिहिवार, मंसिर १८, २०७७ सुरेश परियार
पुरा पढ्नुहोस्
सूचना प्रविधि
प्रधानमन्त्री ओली अब टिकटकमा
64x64
सोमवार, मंसिर १५, २०७७ सुरेश परियार
पुरा पढ्नुहोस्
ताजा समाचार
जागिर जोगाउन विद्यार्थी बन्धक आइतवार, फाल्गुन १६, २०७७ 24
बर्डफुलुको डरले हुम्लामा मासु आयातमा प्रतिबन्ध
विद्यालयलाई बजेट पार्न नक्कली सिफारिश
आफू पार्टी भित्र अन्यायमा परेको प्रचण्डको भनाइ
दश दिन देखि हराएका कालीकोटका यूवा अझैं भेटिएनन्
कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या २५ लाख नाघ्यो
प्रचण्डको अभिव्यक्तिले जन्माएका ‘अनकम्फर्टेबल’ प्रश्नहरु
राष्ट्रपति सीद्वारा चीन गरिबीमुक्त घोषणा
आज घरघरमा स्वस्थानी ब्रत समापन गरिँदै
विचार–ब्लग
सगरमाथामाथि कुदृष्टि किन ? नेपालबोट समाचारदाता
अनि ओली भारततर्फ मोडिए ! नेपालबोट समाचारदाता
भाषणमा समय स्वाहा ! नेपालबोट समाचारदाता
नेपालबोट संवाद
'पार्टी एकीकरणको निम्ति प्रचण्डले भूमिका खेल्नुपर्ने हो'- उपाध्यक्ष गौतम (संवाद) बुधवार, फाल्गुन १२, २०७७
नेपाली अर्थतन्त्रलाई गति दिने अर्थमन्त्री विष्णु पौडेलका ६ योजना छन (अन्तर्वार्ता) शनिवार, कार्तिक १५, २०७७
'पार्टीको निर्देशन भन्दा संवैधानिक व्यवस्थाअनुसार काम गरेका छौं' मुख्यमन्त्री शाही (अन्तर्वार्ता) आइतवार, कार्तिक ९, २०७७
कला
बेहुली बनिन् स्वेता खड्का सोमवार, मंसिर २२, २०७७
चमत्कारिक फाईदाका लागि हरेक बिहानीमा यि काम गर्नुहोस् सोमवार, कार्तिक १७, २०७७
कालोपोथीका निर्देश्क भामले बहूपति प्रथामा चलिचित्र निर्माण गर्ने सोमवार, भदौ २२, २०७७
बिचित्र शंसार
तरबार हानाहानमा हराएर पत्नीसँग डिभोर्स गर्न पाउनुपर्ने माग
दाइको बच्चाकी आमा बनेकी बहिनीको खुलासाः दाइले दैनिक बलात्कार गर्थे
सांसदले पादेपछि संसद बैठक नै स्थगित
घाट लगिएकी महिला ज्युँदै : पानीमा आधा शरीर डुबाउँदा चल्मलाएपछि अस्पताल भर्ना
सम्पर्क

प्रकाशक

SAN Multi Media & Research Center Pvt. Ltd

प्रधान सम्पादक

नवराज महतारा

सम्पर्क ठेगाना

SAN Multi Media & Research Center Pvt. Ltd Simkot 5, Humla Nepal
Email [email protected]

NepalBot.com

Kathmandu 16, Balaju Nepal
Email: [email protected], [email protected]
Phone: +977-9851124610 & 9847522878
सूचना विभाग दर्ता नं: १००४ - ०७५ - ०७६
मेनु
  • राजनीति
  • समाज
  • कला र साहित्य
  • अर्थ र बजार
  • विश्व
  • खोजि रिर्पोट
  • विविध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #कोरोना अपडेट
  • #छापामा आज
  • #कोरोना कहर
  • #आजको मौसम
  • #नेकपा विवाद
फेसबुक पेज
Nepalbot.com
©SAN Multi Media & Research Center - 2021 All rights reserved.
Web Design by : SoftNEP