नन्द सिंह
सिमकोट । सरकारी संस्थान दूरसञ्चार संस्थान (नेपाल टेलिकम) मार्फत वितरिण गरेका टेलिफोन र इन्टरनेट सेवाको प्रभावकारिताको माग गर्दै जिल्लाका युवा तथा विद्यार्थीहरुले टलिकम हुम्लामा लगाएको ताला आज खोलिएको छ ।
कार्यालयमा लगाएको ताला खोलिएपनि संस्थानका सेवामा भने कुनै प्रभावकारिता आएको छैन् । लामो समयदेखि फोन गरेको नसुनिने, टावर नआउने, इन्टरनेट राम्रोसँग नचल्ने समस्याबाट हैरान भएका जिल्लाका सेवाग्हीकोप्रतिनिधित्व गर्दै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को यूवा संगठन युवा संघ नेपाल, प्रमुख प्रतिपक्ष दल नोपलकी कांग्रेसकोविद्यार्थी संगठन नेपाल विद्यार्थी संघ लगायतका यूवा तथा विद्यार्थीहरुको समुहले बिहिबार टेलिकम हुम्लाको कर्यालयमा तालाबन्दी गरेका थिए ।
कार्यालयमा ताला लगाएपछि सबै काम गर्न बाट बञ्चित भएको नेपाल टेलिकम हुम्लाका प्रमुख सिवप्रसाद भट्राईले स्थानीय तालाबन्दमा संलग्न युवा तथा विद्यार्थीहरुलाई सबै सेवाको गुणस्तरमा वृद्धी गर्नका लागि पहल गर्ने प्रतिवद्धता सहितको अनुरोध गरेपछि कार्यालयमा लगाइएको ताला आज (शुक्रबार) बाट खोलिएको युवा संघ नेपालका जिल्ला संयोजक सुवाश रोकायाले जानकारी दिए ।
'मोबाइल नेटवर्कमा महिनौ दिनसम्म देखिएको समस्या समाधान गर्न ध्यानकर्षण गराउँदा पनि टेलकिमले लापारबाही गरेको भन्दै हामीले अन्तिम विकल्पका रुपमा टेलिकमको जिल्ला कार्यालयमा तालाबन्दि गरेका थियौं', संयोजक रोकायाले नेपालबोटसँग भने, 'तर कार्यालय प्रमुख जस्तो जिम्मृवार व्यक्तिले सेवको गुणस्तर कायम गर्ने बारेमा उपल्ला निकायमा अनुरोध गर्ने र आफूपनि लाग्ने प्रतिवद्धता व्यत्तः गेपछि हामीले आज (शुक्रबार) कार्यालयमा लगाएको ताला प्रहरी प्रशासनको रोहबरमा खोलेका हौं ।'
टेलिकम कार्यालय ताला बन्दि भए लगतै केन्द्रको टोलि कालिकाट र जुम्लाको रिपिटर टावरमा खरावी आएको सामाग्रि च्यान्ज गर्न गएको आश्वासनमा युवाहरुले ताला खोलेका छन । तर सो सेवा हिजो र आजमा केही फरक नभएर जस्ताको तस्तै रहेको पाइएको छ ।