काठमाडौं । सुनिल पौडेल नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्त भएका छन् । मन्त्रिपरिषद्को बिहीबार साँझ बसेको बैठकले पौडेललाई नियुक्त गरेको हो ।
सन्चार मन्त्रालयका सचिव बैकुण्ठ अर्यालको संयोजकत्वमा गठित समितिले सिफारिस गरेका तीनजनामध्येबाट सरकारले पौडेललाई नियुक्त गरेको हो । पौडेल नेपाल टेलिकमबाहिरका हुन् ।