हुम्ला जिल्लाको तल्लो क्षेत्र करिब ३ हप्ता देखी टेलिफोन सेवा अवरुद्ध भएको छ । नेपाल टेलिकमको टावरले काम गर्न छोडेपछि हुम्ला जिल्लाको अदानचुली,ताँजाकोट,चंखेली र सर्केगाड सहित मुगु जिल्लाको सोरु गाउँपालिका करिब तिन हप्ता देखी सञ्चारविहीन भएको हो ।
सेवा अवरुद्ध भएपछि टेलिफोनका माध्यमबाट गर्ने सबैखालका काम कारबाही अवरुद्ध भएको बताइएको छ । टेलीफोन सेवा अबरुद्ध भए पछि कहाँ र कसरी अबरुद्ध भएको खबर समेत हुँन नसकेको गाउँपालिका स्रोतले जनाएको छ ।
यहाँका नागरीकहरु फोन गर्नकै लागि अग्लो डाँडामा गएर घण्टौ कुरेर फोन गरेर फर्किनु पर्ने बाध्यता रहेको अदानचुली गाउँपालिका निवार्चन अधिकृतको कार्यालयले जनाएको छ भने निर्वाचनको लागि खटीएका नेपाली सेना,नेपाल प्रहरी,ससस्त्र प्रहरी र म्यादी प्रहरीलाई समेत जिल्ला वा सम्बन्धीत निकायमा खबर गर्न समेत गाह्रो भएको बताएका छन् ।