हिमपातले हुम्लाको लिमिमा अलपत्र परेको स्लोभिनियाका चार जना नागरिक सहित ३ जना नेपाली नागिरकको हेलिकप्टरबाट उद्वार गरिएको छ । हिमपातले तिनदिनदेखि लिमिको तुम्लिकमा अलपत्र परेका स्लोभिनियाका तीन जना पुरूष, १ जना महिला र ३ जना नेपाली टेकिङ गाइडको डाइनेस्टिक हेलिकप्टरबाट उद्वार गरि सदरमुकाम सिमकोट ल्याएको छ ।
सदरमुकाम सिमकोटदेखि लिमितर्फ हिडेको १२ दिन भएको टेकिङ गाइड अशिम तामाङले जाजकारी दिए । तीनदिनदेखि लिमिको तुम्लिक भन्ने ठाउँमा हिमपातले अलपत्र परेको तामाङले बताए । लिमिको हल्जीबाट टेलिफोन गरि हेलिकप्टर बोलाएको तामाङको भनाई छ । उद्वार गरिएका चार जना स्लोभिनियाका नागरिक र तीन जना नेपाली रहेको सिमकोट विमान स्थल सुरक्षा गार्ड श्रोतले जनाएको छ ।
सो ठाउँम रहेका १२ जना मध्ये सात जनालाई आज हेलिकप्टरद्धारा उद्धार गरिएको छ भने बाँकी पाँच जना पैदल मार्ग हुँदै लिमिबाट सदरमुकाम तर्फ हिडेको तामाङले बताए ।