काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महान् जनयुद्ध फर्सी कुहिए जसरी कुहिएको बताएका छन् । युवा संघ बागमतीको भेलालाई सम्बोधन गर्दै ओेलीले पुष्पकमल दाहालले नेतृत्व गरेको जनयुद्ध अब कुहिएको बताए ।
प्रचण्ड-माधव समूहले आफू राजनीति र नेतृत्वबाट बिदा हुने भविष्यवाणी गरेको भन्दै ओलीले उनीहरुको भविष्य हेर्ने क्षमतामा कटाक्ष गर्दै जनयुद्ध फर्सी कुहिए जसरी कुहिएको बताएका छन् ।
कार्यक्रममा बोल्दै ओलीले सांसदहरुले विभिन्न संसदीय समितिका सभापति भएपछि केही कामै गर्न नदिएको बातएका छन् । विभिन्न नेताको उक्साहटमा आएर सरकारलाई अलमल्याउने गरेका बताएका छन् ।