काठमाडौं । न्युनतम पारिश्रमिक निर्धारण समितिमा ५ पत्रकारले नियुक्ति पाएका छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले समितिमा रिक्तm रहेको पाँच सदस्यमा नियुक्त गरेका हुन् ।
मन्त्रीस्तरीय निर्णय अनुसार, उनीहरुलाई २ वर्षका लागि नियुक्त गर्ने निर्णय भएको स्रोतले बताएको छ । विगतमा काठमाडौं केन्द्रीत नियुक्तिलाई तोड्दै मन्त्री गुरुङले मोफसलका पत्रकारहरुलाई अवसर दिएका छन् ।
नियुक्ति पाउनेहरुमा नवराज महतरा (हुम्ला), बिमला पाण्डे (सिन्धुली), गिरु भण्डारी (प्युठान), गोपाल तिवारी (धादिङ) र ऋषि श्रेष्ठ (भक्तपुर) छन् ।
नियुक्ति पाउँनेहरुमा हुम्लाका नवराज महतारा पत्रकार महाँसंघका पुर्व केन्द्रीस सदस्य हुन् भने हुम्लामा रहेको रेडियो कर्णाली आवाजका स्टेशन म्यानेजर तथा रेडियो श्रीनगर एफएमका सञ्चालक समितिका अध्यक्ष हुन् ।