सुर्खेत । नेपाली कांग्रेस कर्णाली प्रदेशको सभापतिमा संस्थापन पक्षका उम्मेदवार ललितजंग शाही निर्वाचित भएका छन् । उनले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका उम्मेदवार भूपेन्द्रजंग शाहीलाई पराजित गरे ।
ललितजंगले ४ सय २२ मत ल्याउँदा भूपेन्द्रले ३ सय ७१ मत ल्याए । अर्का उम्मेदवार मोतीराज बमले जम्मा ७ मत ल्याए । पदाधिकारीमा संस्थापन पक्षको प्यानलकै जित भएको छ।
प्रदेशको नेतृत्व चयनका लागि शनिबार भएको निर्वाचनमा कूल ७७१ मतदातामध्ये ७५४ ले मत खसेका थिए । ढिला गरी दिउँसो २ बजेबाट मतदान सुरु भएको निर्वाचनमा सभापति पदका लागि तीन जनाको उम्मेद्वारी दर्ता भएको थियो ।
सभापति शेरबहादुर देउवा पक्षबाट ललीतजंग शाही, वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाटभुपेन्द्रजंग शाही र कांग्रेस उपसभापति विमलेन्द्र निधि समूहबाट मोतीराज बमले उम्मेदवारी दिएका छन्।