हुम्लाको ताँजाकोट गाउँपालिकाका स्वतन्त्र उम्मेदवार अकबिर खड्काले आधिकारीक उम्मेदवार लालकेश जैसीलाई आफ्नो चुनाब चिन्ह सहित लाखौको नगद सहितको माला लगाएर समर्थन दिएका छन् ।
आज एक चुनाबी सभा गर्ने क्रममा माओबादी केन्द्र ताँजाकोट गाउँ कमिटिका अध्यक्ष समेत रहेका खड्काले निर्वाचन कार्यालले आफुलाई प्रदान गरेको चुनाब चिन्ह गुलाबको फुललाई साँचि राखेर आफुले चुनाबमा खर्च गर्ने भनेर राखेको उक्त पैसा पाटीलाई जिताउनु होला भन्दै उक्त लाखौको नगद सहितको माला लगाएर सर्मथन दिएको उनले बताए ।
संघिय सांसद छक्क बहादुर लामाले टिकट आफ्नो नाममा ल्याए पनि १२ गते अपरान्ह साढे ४ बजे प्रदेश कमिटिका सहसचिब लालकेश जैसीले उक्त टिकटमा आफ्नो नाममा उम्मेदवारी दिए पछि खड्काले स्वतन्त्र उम्मेदवारी दिएका थिए । बैशाख १२ गते देखीको निरन्तरको छलफलमा कुनै पनि निश्कर्ष नआए पछि अन्य स्वतन्त्र उम्मेदवारले छोडे पनि खड्काले भने छोडेका थिएनन् उनले आज उक्त चुनाबी आमसभामै आफ्नो चुनाबी चिन्ह गुलाफको फुल सहित लाखौको नगद सहितको माला लगाई दिएर समर्थन दिएको र अब देखी गुलाफको फुलमा एक पनि भोट नखसाल्ने सहमती भएको बताउनु भयो ।
लगाई दिएको मालामा भने के कती रकम छ भन्ने कुरा भने खुलाउन चाहेनन् तर पनि आफुले चुनाबमा खर्च गर्ने भनी राखीएको सबै पैसा उम्मेदवार जैसीलाई बुझाएको बताए ।