मुगुको सोरु गाउँपालिका ३ भिँईगाउँमा बुधबार राति १ बजे नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसका कार्यकर्ताबीच झडप भएको थियो सोहि घटनाको बिषयलाई लिएर आज पनि फेरी झडपको सृजना भएको जिल्ला प्रशासन कार्यालय मुगुले जनाएको छ ।
हिजो रातीको घटनालाई नियन्त्रणमा लिन नेपाल प्रहरीले १० राउण्ड हवाइ फायर समेत गरेको थियो भने आज पनि नियन्त्रणमा नआउदा अहिले केहि समय अघिमात्र फेरी १० राउन्ड हवाई फएर भएको प्रहरी नायब उपरीक्षक सुवास हमालले बताउनु भएको ।
उनका अनुसार भिँई गाउँ भिरालोमा रहेको र माओवादी केन्द्रका वडाअध्यक्ष पदकी उम्मेदवार मनकोला रोकायाको घरमा काँग्रेसका कार्यकर्ताले ढुंगा मुणा गर्ने सम्भावना भएकाले अवस्था नियन्त्रणमा लिन हवाइ फायर गरेको प्रमुख जिल्ला अधिकारी रोम बहादुर महतले ताउनु भएको छ । झडपबाट मानवीय क्षति भने भएको छैन । अहिले अवस्था नियन्त्रणमा आइ सकेको बताउनु भयो ।