हुम्ला । नेकपा एमालेको भातृ संगठन अनेरास्ववियु हुम्लाद्धारा मुल्य वृद्धि र कालो बजारीका विरुद्ध राके जुलुस गरेको छ । बुधबार वेलुका ७ वजे हुम्लाको सदरमुकाम सिमकोटमा अनेरा स्ववियू हुम्लाले सरकार विरुद्ध विभिन्न नारा सहित राके जुलुस गरेको हो ।
सरकारले मुल्य वृद्धि र कालो बजारी गरेको भन्दै प्रधान मन्त्री सेर बहादुर देउवाको पुत्ला समेत दहन गरिएको थियो । अनेरा स्ववियु हुम्लाका जिल्ला अध्यक्ष जयराज सन्ज्याल नेतृत्वको टोलिले वेलुका करीव आधा घण्टासम्म राके जुलुस गरेको थियो ।
उक्त राके जुलुस गर्दै शेरे तेरो पााराले दुख पायो साराले भन्ने नारा लगाएर बजार परिक्रमा गरेका थिए । बजारको कोलिचोक हुँदै लोकतान्त्रिक चोकमा कोण सभामा परिणत भएको थियो ।
उक्त टोलिले एसपीपीका विरुद्ध पनि नारा लगाएको अनेरास्ववियु हुम्लाका जिल्ला अध्यक्ष जयराज सन्ज्यालले बताउनु भयो । अर्थमन्त्रि जनारधन सर्माको समेत राजिनामाको माग गरिएको थियो ।