सिमकोट । नेकपा एमाले अदानचुली गाउँ कमिटिले स्थानीय सरकारको रुपमा रहेको अदानचुली गाउँपालिकालाई सरकारको रुपमा रहेर काम गर्न आग्रह गरेको छ ।
गएको वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमार्फत पराजय भोगेको एमालेले नयाँ निर्वाचनमार्फत आएका जनप्रतिनिधिलाई ३ बुदें ज्ञापनपत्र बुझउँदै एमाले अदानचुलीले पालिकाबाट हुने जनबिरोधी कार्यका लागि बिरोध गर्ने चेतावनी दिएको छ । गाउँपालिकाका अध्यक्ष मोहनविक्रम सिंहलाई ज्ञापनपत्र बुझाउँदैं एमाले अदानचुली गाउँ कमिटिका अध्यक्ष बुधे भण्डारीले वैशाख ३० को निर्वाचन परिणाम मार्फत प्रतिपक्षमा रहेको आप्mनो पार्टीले जनपक्षिय कामको समर्थन र जनबिरोधी कामको खुलेरै प्रतिरोध गर्ने बताए । लिखित रुपमा पार्टीको ध्यानाकर्ष पत्र बुझाउँदै एमालेले गाउँपालिकामा यस अघि नैं नियुक्त गरेका करार कर्मचारीहरुको म्याद थप नगर्ने गाउँपालिकाको निर्णय कार्यान्वयन नगराउन चेतावनी दिएको हो ।
दलीय पूर्वाग्रहका आधारमा नियमित काम गरिरहेको कर्मचारीको रोजिरोटी खोस्ने निर्णय सच्चयाउन आग्रह गर्दै एमालेले वडा नम्बर २ देखि पर्दुकोटसम्मको ग्रामिण सडक असार अन्तिममा आएर रकमान्तर गरेको प्रति असहमती जनाएको छ ।
प्रदेश सरकारबाट आएको ५५ लाख रकमको उक्त सडक कार्यान्वयन गर्ने भन्दा असार मसान्त आउन एक सातामात्रै बाँकी रहेको बेला रकमान्तर गर्नु शुसाशनका दृष्टिकोणले पनि नमिल्ने भन्दै निर्णय सच्याउन आग्रह गरेको छ । यसैगरी एमालेले आप्mनो नेतृत्वको अघिल्लो सरकारले शुरु गरेका कामहरुलाई पूर्णता दिनु भन्दा राजनीतिक दुरासय राखेर उत्तः योजनाहरुलाई अलपत्र पार्ने, पहिला सम्पन्न गरेका कामहरुको भुक्तानी रोक्ने जस्ता काम तत्काल रोक्न आग्रह गर्दै त्यसकाम अघि बढाए एमालेले चर्को बिरोध गर्ने जनाएको नेकपा एमाले अदानचुली गाउँकमिटिका सचिव धर्मराज सञ्ज्यालले जानकारी दिए ।

