काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि जारी रहने छ । दुई दिनदेखि जारी बैठक अन्तर्गत आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिवेदनमा स्पष्टीकरण दिनु हुनेछ ।
अध्यक्ष प्रचण्डले आइतवार प्रस्तु गर्नुभएको प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले विभिन्न प्रश्न उठाएका छन् । जसमाथि अध्यक्ष प्रचण्डले स्पष्टीकरण दिनुहुनेछ ।
माओवादीभित्र पदाधिकारी र स्थायी कमिटी गठनको माग पनि उठेको छ । अघिल्लो वर्ष पुसमा महाधिवेशन सकेको माओवादीले हालसम्म पदाधिकारी चयन गरेको छैन । जारी केन्द्रीय समिति बैठकबाट केन्द्रीय समितिलाई पूर्णता दिइएपनि स्थायी समिति र पोलिटब्यूरो गठन हुन बाँकी छ ।