काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक स्थगित भएको छ ।
मंगलबार हुने भनिएको बैठक बुधबार एक बजे हुने केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले जानकारी दिए ।
आज हुने भनिएको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले जवाफ दिने बताइएको थियो । आइतबारदेखि सुरु भएको माओवादीको केन्द्रीय समितिको बैठक काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा चलिरहेको हो ।