बाजुरा । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका वडा नं तिन जुकोटका ३२ वर्षिया सौरे ल्वारको शव हिजो फेला परेको छ ।
गत पुष १६ गते देखि वेपत्ता हुनुभएका ल्वारको शव सोमवार कर्णाली नदिको किनारामा फेला परेको प्रहरीले जनाएको छ । छोरा छोरीको वाल पोषण भत्ताको खाता खोल्न भनि स्वामी कार्तिक खापर गाउँपालिकाको केन्द्र वाई सुईजीउला आउनुभएका ल्वार वेपत्ता भएका हुन् ।
वेपत्ता ल्वारको विभिन्न ठाउँमा खोजी गरे पनि कत्तैबाट पत्ता नलागेको विश्वकर्माले बताए । स्वामीकार्तिकको हिमालयन वंैकमा खाता खोल्नका लागि घरबाट आएका ल्वार वेपत्ता भएको साढे दुई महिना पछि हिजो दिउसो मृत अवस्था फेला पर्नुभएको प्रहरी नायव निरीक्षक विरशिहं ढगुन्नाले जानकारी दिए ।