सिमकोट । सिमकोट गाउँपालिका–२ को ठेहेका दुई घरको बच्मिा भेटिएको सुतली बम नेपाली सेनाको टोलीले निस्क्रीय पारेको छ ।
ठेहेको विज गाउँका दुईवटा घरको साँधमा वेवापरसे अवस्थामा बम भेटिए लगतै घरमालिक लोग भण्डारीले ठेहे प्रहरी चौकीलाई खवर गरेपछि सदरमुकाम सिमकोटबाट गएको नेपाली सेनाको वम डिष्पोजल टोलीले निस्क्रीय पारेकोे जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरिक्षक हेरम्ब सर्माले जानकारी दिए ।
प्रहरीका अनुसार गाउँका पुराना घरलाई निर्माण गर्ने क्रममा लुकाएर राखिएको अवस्थामा एक सुतली वम र एक सकेट वम भेटिएको थियो ।
उक्त वमसँगै पुरानो जनादेश पत्रिका पनि भेटिएकाले उक्त वम तत्कालिन माअोवादीले शुरु गरेको सशसत्र द्धन्द्धका क्रममा राखिएको हुनसक्ने अनुमान गरिएको छ ।
वमसँगै राखिएको जनादेश पत्रिका २०६१ साल चैत २ गतेको भएकाले वम पनि २०६१ ऋासपासमा राखिएको अनुमान आफूले गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । दुई घरको आडमा राखिएका वम र पत्रिका एकटै प्लाष्टिकले बेरेर राखिएको अवस्थामा फेला परेको ठेहे प्रहरी चौकलिे जनाएको छ ।
ठेहेका तुला रावल र लोग भण्डारीको घरको विच भागमा भेटिएको बमका बारेमा प्रहरीले गरेको सूचनाका आधारमा आज (आइतबार) सिमकोटबाट खटिएको नेपाली सेनाका सुपदार केदार थापा नेतृत्वको टोलिले बम भेटिएको स्थानबाट करीव ५ सय मिटर टाढाको खोलामा लगेर डिष्पोज गरेको हो ।