श्रीनगर (हुम्ला) । घर बिदामा घर आएका नेपाली सेनामा कार्यरत सोरु गाउँपालिका–११ क खड्कजन मल्ल आप्mनै घरमा मृत आवस्थामा भेटिएका छन् ।
नेपाली सेनामा विदा मागेर घरमा आएका जवान मल्ल आप्mनै घरको गोठमा मृत अवस्थामा फेला परेको सोरुकोट–११ क वडा अध्यक्ष अकबर शाहीले जानकारी दिए ।
‘आप्नै गोठमा झुण्डीएका मल्ललाई मृत अवस्थामा घरका परिवारले फेला परेका हुन्’ वठा अध्यक्ष मल्लले भने, ‘नेपाली सेनामा भर्ती भएरका मल्ल घर बिदामा आएका वेला कनि यसरी आत्म हत्याको बाटो रोजे यसका बारेमो केहि कुरा पत्ता लागेको छैन् ।’
घरको गोठमा झुण्डीएर आत्महत्या गरेका मल्लले किन यस्तो बाटो अबलम्बन गरे भन्ने बारेमा कुनै जानकारी नआएको उनका परिवारलाई उदृत गर्दै वडा अध्यक्ष शाहीले जानकारीदिए ।
मल्लको मृत्युको खबर सार्वजनिक हुने बित्तिकै कालै प्रहरीचौकीको सुरक्षाकर्मीको टोली घटना स्थलमा पुगेर सुरक्षाको नीगरानी गरेको जानकारी दिएका वडाअध्यक्ष मल्ले मृत्युका कारणका बारेमा प्रहरीले अनुसन्धान थालेको जानकारी दिए ।
कालै प्रहरीचौकीको प्रहरी सायक नीरीक्षक कमल चन्दको नेतृत्वमा घटनास्थलमा खटिएको टोलीले पोष्टमार्टमका लागि मुगु सदरमुकाम गमगढी लग्ने तयारी गरेको छ । घटनाको खबर प्राप्त हुने वित्तिकै जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय मुगुको निर्देशनमा मल्लको लाशलाई जिल्ला अस्पताल मुगु लग्न थालिएको बताइएको छ ।