सिमकोट । घाँस निकाल्ने क्रममा छतबाट लडेकी नाम्खा गाउँपालिका वडा नम्वर ५ को तुम्कोट गाउँकी ५५ वर्षिया छिरिङ तामांगको तीन दिनपछि हेलिकोप्टरबाट उद्धार गरिएको छ ।
माघ २१ गते बेलुका पशुबस्तुका लागि घाँस निकाल्न जाँदै गर्दा आफ्नै घरको छतबाट लडेर सक्त घाइते भएकी तामाङको तीन दिनपछि 9N-AJQ कल साइनको फिस्टेल हेलिकोप्टर मार्फत उद्धार गरिएको उनका श्रीमान तन्जन तामाङले बताए ।
तामांगको लडेर ढाड भाचिएपछि आफ्नै व्यक्तिगत खर्चमा आइतवार हेलिकोप्टर रिर्जव गरि जिल्ला बाहिर काठमाण्डौँ लगिएको विरामीका पती तामांगले जानकारी दिए । उनका अनुसार हेलिकोप्टर रिर्जवका लागि ८ लाख रुपैयाँ खर्च गरेपछि मात्रै आफ्नी पत्नीको उद्धार हुन सफल भएको हो । घाइतेको कुरुवाका लागि दुई जना आफन्त समेत रहेका छन् ।
सडक सन्जालले नछोएको हिमाली जिल्ला हुम्लामा सामान्य विरामी पर्दा पनि गरीव निमुखा सर्वसाधरणले ऋिण मागेर भए पनि हेलिकोप्टर चार्टर गर्नु पर्ने बाध्यता अझै कायमै छ । याँहाका नागरिकले यस्तो समस्या कहिलेसम्म भोग्नु पर्ने हो ? स्थानीय ग्याम्जु लामाको भनाई रहेको छ ।
आर्थिक स्तरमा मज्वुद भएका नागरिकले जिल्ला बाहिर लैजान सक्लान तर अन्य सर्वसाधरणलाई भने निक्कै समस्या हुने गरेको देखिएको छ ।