हुम्ला ; हुम्लाको चंखेली गाउँपालिकाको १७ गते मंगलबार बसेको पहिलो कार्यपालिकाको बैठकले धर्म जैसीलाई मासिक रु १५,००० दिने निर्णय गरेको छ । ८० बर्षिय जैसीका आर्थिक अवस्था निकै कमजोर भएकाले स्याहार भत्ता स्वरुप उक्त रकम दिने भएको हो ।
उनका दुई सन्तान गुमेपछि बेवारिसे भएका उनलाई गाउँपालिको पहिलो बैठकले उक्त रकम प्रदान गर्ने भएको हो । गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष प्यारीलाल शाहीले जैसीको घरमै पुगेर घरको आर्थिक अवस्था बुझ्नुका साथै नाम सुचिमा राखेका थिए । अध्यक्षसँगै उपाध्यक्ष प्रेमकला शाही पनि त्यहाँ पुगेकी थिईन् ।
नवनिर्वाचित अध्यक्ष शाहीले नेपाली कांग्रेसमा विद्रोह गरी गएको स्थानीय तहको चुनावमा स्वतन्त्र उम्मेद्वारी दिएका उम्मेद्वारी दिए लगत्तै जित पनि हासिल गरे । उनको जितसँगै आम जनमानसमा केहि आस पलाएको बुझ्न सकिन्छ ।