सिमकोट । चंखेली गाउँपालिकाको पिप्लाङमा भएको आगालगी पिडित पिडितका लागि चंखेली गाउँपालिका ४ का वडा अध्यक्ष पदमबहादुर शाहीले एक लाख १० हजारको राहत वितरण गरेका छन् ।
आज राती २ बजे भएको आगलागी पिडितबाट घर जलेर नष्ट भएका कर्णबहादुर शाही र जयबहादुर शाहीको घरका लागि २० आइटमका राहत सामाग्री वितरण गरेको वडा अध्यक्ष शाहीले नेपालवोटलाई जानकारी दिए ।
‘आगलागीमा परेर सार्वोश्व गुमाएका दुई घर परिवार र उक्त घरमा भाडामा बस्दै आएका दुई परिवारका लागि तत्काल अत्यावश्यकीय सामाग्री सहितको राहत दिने काम भयो’, वडा अध्यक्ष शाहले भने, ‘राहतमा ग्याँस चुल्हो, २ प्याक चामल, २ सेट ओड्ने ओछ्याउने कपडा, दाल, मसला, एक सेट भाँडाहरु वितरण गरेको छु ।’

आजलागीले घर पुर्णरुपमा जलेर खरानी भएपछि आज बिहानकै छाक टार्न मुश्किल परेपछि आफूले व्यक्तिगत रुपमा राहत वितरण गरेको बताएका वडा अध्यक्ष शाहीका अनुसार राहत रकम धरधनी कर्णबहादुर शाही, जयबहादुर शाही र उनको घरमा बस्दै आएका रुद्र फडेरा, सपना रावललाई वितरण गरिएको छ ।
स्थानीय कर्णबहादुर शाहीको घरको सोलार व्याट्रीको तार सट भएपछि आज राती २ बजे आगलागी भएको थियो । आगलागीमा ३ घर पुर्णरुपमा जलेर नष्ट भएका छन् भने ३ घर आंशिक रुपमा जलेका छन् ।