हुम्ला । स्वास्थ्य सेवा कार्यालयले बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तरगतको स्थानीय कृषकहरुसंग एक दिने रैथाने बालि प्रवद्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सन्चालन गरेकाे छ ।
रैथानी वालीको संरक्षण र उपभोग सम्बन्धि सचेतना जोगाउन स्थानीय कृषकहरुसंग उक्त कार्यक्रम सिमकोट गाउँपालिका वडा नम्वर २ ठेहेको स्वास्थ्यचौकीमा गरिएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका ल्याप टेक्निसियन भक्ति फडेराले बताए ।
ठेहे स्वास्थ्यचौकीमा आयोजना भएको कार्यक्रममा स्थानीय ६० जना कृषकहरुको सहभागिता रहेको फडेराले जानकारी दिए ।
सिमकोट गाउँपालिका वाड नम्वर २ का कार्यबाहक अधयक्ष रामबहादुर बाहराको अध्यक्ष्यता सँम्पन्न भएको कार्यक्रममा स्वास्थ्य सेवा कार्यालयका डाक्टर कैलाश लामा, कृषि विकास कार्यालयका कृषि अधिकृत निर्मल लामा र सप्रेट नेपालका बरिष्ठ कृषि अधिकृत भवनीदत्त पन्तले सहजिकरण गरेका थिए ।