सिमकोट । कर्णाली करिडोर अन्त्रगतको छारे खण्डमा सडकको निर्माण कार्य यतिबेला तिब्र गतिमा लिइएको छ । दशँैको बिदामा एक महिना रोकिएको सोही खण्डको काम गत मंसिर महिनाको दोस्रो सातादेखी निरन्तर रुपमा भईरहेको हो ।
राष्ट्रिय गौरबको आयोजनाका रुपमा पर्ने एक कर्णाली करिडोर सदरमुकाम सिमकोट जोडिन अब छोरे खण्डको भिर र दोजाम कर्णाली नदिको पुल मात्र बाँकी रहेका छन । यतिबेला छारे खण्डाको लबेलिङको काम २० प्रतिशत मात्र बाँकी रहेको छ भने दोजाम कर्णाली नदी माथिको पुलको काम सुरु गरिएको छ । सर्केगाड गाउाँपालिका वडा नम्बर २ अन्त्रगत पर्ने छारे खण्डमा अहिले ८० जना कामदारहरुले काम गर्दै आएकोमा खण्ड पुरा गर्न थोरै समय लाग्ने ठेकेदार बलदिप शाहीले बताउनु भएको छ ।
ठेकेदार शाहीका अनुसार सोही कामदारले अहिले होल खाप्ने काम निरन्तर गरिरहेको र स्काभेटर मेसिन समेत बाँकी खण्डको सुनाखाडाको मध्य भागमा पुगाई सकिएको बताउनुभयो । उत्त खण्डको सडक आफुले नेपाली सेनालाई चैत्र दोस्रो साता सम्म बुझाइ सक्ने र सेनाले सडक बिभागलाई सोही ज्ञछ गते भित्र बुझाई सक्ने लक्ष लिएको छ । कामदारहरुले बिहान उज्यालो भएदेखि साँझ परुञ्जेलसम्म काम गरिरहेको बताउनु भएको छ । छारे खण्डको कुल भाग मध्य यात्रा भागमा लेबिलिङको काम समेत सकिएकाले सोही समय सम्म बुझाइ सक्ने बताउनु भएको छ ।
करिडोर अन्त्रगत अहिले सोही खण्डको छेउ सम्म मोटर पुगी सकेकाले कामदारलाई काम गर्न समेत सहज भएको छ । सडकको निर्माण कार्य सम्पन्नपछि हिल्सा सिमकोट सडक आयोजनालाई बुझाउने भएको छ । छारेदेखि खार्पुसम्मको सडक खण्डमा बोक्चे गौँडा बाहेकको सडकमा लेबलिङ गरिसकेको र केही भागमा गरीरहेको पाइएएको छ । जिल्लाको करिडोर खण्ड मध्यको सलिसल्लादेखी हिल्सा सम्म हिल्सा सिमकोट सडक आयोजनाले हेरिहेको छ भने कवाडी देखी सलिसल्ला सम्मको सडक खण्ड बाजुराको कोल्टीमा रहेको खुलालु लैफु सलिसल्ला सडक आयोजनाले हेरिरहेको छ ।
राष्ट्रिय सडक संञ्जालले छुन बाँकी रहेको एक मात्र हिमाली जिल्ला हुम्ला यसै आर्थिक बर्षको अन्तिम महिनामा जोड्ने सरकारको लक्ष अनुसार नेपाली सेनाले असार १५ गते भित्र सदरमुकाम सिमकोट सम्म मोटर पुराउने बताएको छ । छारे खण्ड अन्तिम चरमा रहेको र दोजाम कर्णाली नदिमा पर्ने पक्की पुलको जग ढलानको काम सुरु भइरहेकाले सोही समयसम्म मोटर पुराउने योजना बनाएको शाहीले बताउनु भएको छ । यतिबेला सोही खण्ड अन्त्रगतको पुलको जग खन्ने क्रमममा निस्कीएको तातोपानिलाई मोटर लगाएर २ तिरबाट कर्णालीमा मिसाई काम भइरहेको छ ।
तरपनि पुल निर्माण कार्य ठिलो र निस्किएको तातोपानिले बाधा गरेपछि जिल्लाका नागरीकmे सडक यसै बर्ष जोडिन नसक्ने अनुमान गरेका छन । सरकारले राष्ट्रिय गौरबको आयोजनाका रुपमा लिएको करिडोर बर्ष बर्षमा जोड्न बताइपनि अहिले सम्म जोडिन नसकेपछि नागरीकले यस बर्ष जोडिन नसक्ने अनुमान गरेका हुन । बर्षाको समयमा पुल निर्माण कार्यलाई तिब्रता दिएपछि बिभिन्न चुनौतीहरु सृजना हुने भन्दै झन सडक संञ्जालमा जोडिने आशा पातलिदै गएको छ ।
प्रकाशित मिति: शनिबार, फागुन २६, २०८० २०:२८