Skip This
Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश न. ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • कला र साहित्य
  • अर्थ र बजार
  • विश्व
  • खोजि रिर्पोट
  • विविध
    • बिचार
    • पर्यटन
    • बिचित्र शंसार
    • खेलकुद
    • सूचना प्रविधि
    • नेपालबोट संवाद
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
आइतवार, फाल्गुन १६, २०७७ ०९:३५:३७
  •  
  •  
  • युनिकोड
  • हाम्रो टीम
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश न. ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
  • कला र साहित्य
  • अर्थ र बजार
  • विश्व
  • खोजि रिर्पोट
  • विविध
    • बिचार
    • पर्यटन
    • बिचित्र शंसार
    • खेलकुद
    • सूचना प्रविधि
    • नेपालबोट संवाद
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
जागिर जोगाउन विद्यार्थी बन्धक
बर्डफुलुको डरले हुम्लामा मासु आयातमा प्रतिबन्ध
विद्यालयलाई बजेट पार्न नक्कली सिफारिश
आफू पार्टी भित्र अन्यायमा परेको प्रचण्डको भनाइ
दश दिन देखि हराएका कालीकोटका यूवा अझैं भेटिएनन्
कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या २५ लाख नाघ्यो
प्रचण्डको अभिव्यक्तिले जन्माएका ‘अनकम्फर्टेबल’ प्रश्नहरु
राष्ट्रपति सीद्वारा चीन गरिबीमुक्त घोषणा
आज घरघरमा स्वस्थानी ब्रत समापन गरिँदै
सूचना प्रविधि
  • Home
  • News
  • शुक्रवारदेखि नेपालमा क्लिन फिड लागू हुने
शुक्रवारदेखि नेपालमा क्लिन फिड लागू हुने
64x64
बिहिवार, कार्तिक ६, २०७७ नेपालबोट समाचारदाता

काठमाडौं । गतवर्ष नै राष्ट्रपतिबाट प्रमाणीकरण भएको विज्ञापन नियमनसम्बन्धी ऐन–२०७६ अनुरूप यह कात्तिक ७ गते (शुक्रवार) देखि नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानल विज्ञापनरहित बनाइने भएको छ । उक्त ऐन प्रमाणीकरण भएको मितिले १ वर्षभित्र यससम्बन्धी आवश्यक सबै तयारी पूरा गरी २०७७ कात्तिक ७ गतेबाट लागू गर्ने प्रावधान भएकाले आउने शुक्रवारदेखि क्लिन फिड लागू हुने भएको हो ।

ऐनका बाध्यकारी व्यवस्थाअनुरूप यसको नियमनका लागि विज्ञापन बोर्ड गठन गर्नुपर्ने भएकाले क्लिन फिड कार्यान्वयनका लागि सोमवार सरकारले विज्ञापन नियमन नियमावली राजपत्रमा प्रकाशन गरेको छ । सूचना तथा सञ्चारप्रविधि मन्त्रालयले कात्तिक ७ देखि लागू गर्ने भनिएको विज्ञापनरहित प्रसारण ९क्लिन फिड० अनुगमनका लागि नियमावलीअनुरूप विज्ञापन बोर्ड गठनको तयारी गरेको छ ।

सरकारले तोकिएकै मितिबाट क्लिन फिड लागू गर्ने र यससम्बन्धी आवश्यक तयारी पूरा भएको नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता पार्वत गुरूङले जानकारी दिए ।
‘यो देशको सार्वभौमसत्ता र स्वाधीनताको विषयसँग पनि जोडिएको छ । लामो बहस र छलफलपछि ऐन आएको हो । मन्त्रालयले यसको प्रभावकारी कार्यान्वयनका लागि सबै तयारी गरेको छ,’ उनले भने ।

क्लिन फिड कार्यान्वयनका लागि विज्ञापन बोर्ड गठन गर्नुपर्ने भए पनि तत्काल सबै प्रक्रियामा जान नसकिने भएपछि मन्त्रालयका सहसचिवको अध्यक्षतामा बोर्ड गठन हुने भएको हो ।

विज्ञापन नियमन गर्ने ऐनमा क्लिन फिड कार्यान्वयन र अनुगमनका लागि विज्ञापन बोर्ड गठन गर्ने प्रावधान रहेको छ । तर, विज्ञापन बोर्ड गठन गर्ने नियमावलीमा खुकुलो प्रावधान राख्दै यो व्यवस्थाअनुरूप बोर्ड गठन गरिने मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले जानकारी दिए ।

ऐनमा बोर्डको अध्यक्ष सरकारले खुला प्रतिस्पर्धामार्फत छनोट गर्नुपर्ने र त्यसो गर्दा प्रतिस्पर्धाबाट आएकामध्येबाट बढीमा ३ जनाको नाम सरकारलाई सिफारिश गरी तीमध्येबाट एकजना छनोट गर्नुपर्ने प्रावधान छ । यस्तै ऐनको दफा १४ मा बोर्डमा खुला प्रतिस्पर्धाबाट छानिएका अध्यक्षसहित गृह मन्त्रालयका सहसचिव, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव, सञ्चार तथा सूचना मन्त्रालयका सहसचिव सदस्य हुने प्रावधान छ ।

विज्ञापनदाता, विज्ञापन एजेन्सी वा विज्ञापन प्रसारण र वितरण गर्ने संघसंस्थाहरूबाट मन्त्रालयले मनोनयन गरेका दुई प्रतिनिधि पनि बोर्डका सदस्य हुने प्रावधान ऐनमा छ । ऐनमा उपभोक्ता हकहितका क्षेत्रमा वा आमसञ्चारका क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव भएका व्यक्तिमध्ये कम्तीमा एक महिलासहित मन्त्रालयले तीन जनालाई सदस्य मनोनयन गर्न सक्ने प्रावधान छ । बोर्डका वरिष्ठ कर्मचारीमध्ये बोर्डले तोकेको कर्मचारीले बोर्डको सचिव भई काम गर्ने व्यवस्था ऐनमा छ ।

(आर्थिक अभियान)


प्रकाशित मिति: बिहिवार, कार्तिक ६, २०७७, ०६:१०:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
हरेक महिना सवा चार लाखले टेलिफोन प्रयोगकर्ता बढे
हुम्लामा नेपाल टेलिकम, 'ताला खोलियो सेवा उस्तै '
सेवामा सुधार नआएपछि नेपाल टेलिकम हुम्लामा तालाबन्दी
भर्चुअल शिक्षणबारे अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि
सूचना प्रविधि
भ्वाइस प्याकमा एनसेलको नयाँ अफर १७ रुपैयामा ६० मिनेटको टक टाइम
64x64
बिहिवार, मंसिर १८, २०७७ नेपालबोट समाचारदाता
पुरा पढ्नुहोस्
सूचना प्रविधि
प्रधानमन्त्री ओली अब टिकटकमा
64x64
सोमवार, मंसिर १५, २०७७ नेपालबोट समाचारदाता
पुरा पढ्नुहोस्
ताजा समाचार
जागिर जोगाउन विद्यार्थी बन्धक आइतवार, फाल्गुन १६, २०७७ 24
बर्डफुलुको डरले हुम्लामा मासु आयातमा प्रतिबन्ध
विद्यालयलाई बजेट पार्न नक्कली सिफारिश
आफू पार्टी भित्र अन्यायमा परेको प्रचण्डको भनाइ
दश दिन देखि हराएका कालीकोटका यूवा अझैं भेटिएनन्
कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या २५ लाख नाघ्यो
प्रचण्डको अभिव्यक्तिले जन्माएका ‘अनकम्फर्टेबल’ प्रश्नहरु
राष्ट्रपति सीद्वारा चीन गरिबीमुक्त घोषणा
आज घरघरमा स्वस्थानी ब्रत समापन गरिँदै
विचार–ब्लग
सगरमाथामाथि कुदृष्टि किन ? नेपालबोट समाचारदाता
अनि ओली भारततर्फ मोडिए ! नेपालबोट समाचारदाता
भाषणमा समय स्वाहा ! नेपालबोट समाचारदाता
नेपालबोट संवाद
'पार्टी एकीकरणको निम्ति प्रचण्डले भूमिका खेल्नुपर्ने हो'- उपाध्यक्ष गौतम (संवाद) बुधवार, फाल्गुन १२, २०७७
नेपाली अर्थतन्त्रलाई गति दिने अर्थमन्त्री विष्णु पौडेलका ६ योजना छन (अन्तर्वार्ता) शनिवार, कार्तिक १५, २०७७
'पार्टीको निर्देशन भन्दा संवैधानिक व्यवस्थाअनुसार काम गरेका छौं' मुख्यमन्त्री शाही (अन्तर्वार्ता) आइतवार, कार्तिक ९, २०७७
कला
बेहुली बनिन् स्वेता खड्का सोमवार, मंसिर २२, २०७७
चमत्कारिक फाईदाका लागि हरेक बिहानीमा यि काम गर्नुहोस् सोमवार, कार्तिक १७, २०७७
कालोपोथीका निर्देश्क भामले बहूपति प्रथामा चलिचित्र निर्माण गर्ने सोमवार, भदौ २२, २०७७
बिचित्र शंसार
तरबार हानाहानमा हराएर पत्नीसँग डिभोर्स गर्न पाउनुपर्ने माग
दाइको बच्चाकी आमा बनेकी बहिनीको खुलासाः दाइले दैनिक बलात्कार गर्थे
सांसदले पादेपछि संसद बैठक नै स्थगित
घाट लगिएकी महिला ज्युँदै : पानीमा आधा शरीर डुबाउँदा चल्मलाएपछि अस्पताल भर्ना
सम्पर्क

प्रकाशक

SAN Multi Media & Research Center Pvt. Ltd

प्रधान सम्पादक

नवराज महतारा

सम्पर्क ठेगाना

SAN Multi Media & Research Center Pvt. Ltd Simkot 5, Humla Nepal
Email [email protected]

NepalBot.com

Kathmandu 16, Balaju Nepal
Email: [email protected], [email protected]
Phone: +977-9851124610 & 9847522878
सूचना विभाग दर्ता नं: १००४ - ०७५ - ०७६
मेनु
  • राजनीति
  • समाज
  • कला र साहित्य
  • अर्थ र बजार
  • विश्व
  • खोजि रिर्पोट
  • विविध
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #कोरोना अपडेट
  • #छापामा आज
  • #कोरोना कहर
  • #आजको मौसम
  • #नेकपा विवाद
फेसबुक पेज
Nepalbot.com
©SAN Multi Media & Research Center - 2021 All rights reserved.
Web Design by : SoftNEP