मुगु । नेपालको सबै भन्दा ठूलो ताल रारा यति बेला फूलैफूलले ढाकिएको छ । वर्षा यामसँग रारा र आसपासका वनजंगल क्षेत्र अहिले विभिन्न थरीका फूलहरुले निकै रमणीय बनेको छ ।
यो सयम आन्तरिक तथा बाह्य पर्टकको घुंचो लाग्ने गरेको भएपनि विश्वलाई नैं आक्रान्त पार्ने गरेर फैलिएको कोरोना भाइरसका संक्रमणलाई थप फैलन नदिन सरकारले जानरी गरेको निषेधाज्ञका कारण यो वर्ष खासै पर्यटकको भ्रमण रारामा हुन सकेको छैन् ।
विगतका वर्षहरुमा दैनिक एक हजारको हाराहारीमा आन्तरिक तथा बाह्रय पर्यटकहरुले भ्रमण गर्ने रारामा यो वर्ष जिल्लाका बाहेक अन्यत्रका खासै कोहि पनि नआएपछि फूलले ढकमक्क बनेको रारा आफूलाई भेटन् आउने पर्यटकको पखाइमा छ ।
रारामा ताल वरपर ढकमक्क फुलेका फूलले रारालाई झनै सुन्दर बनाएको छ । रारा ताल, आफैंमा सुन्दर छ । यही सुन्दर तालको वरिपरि फुलेका विभिन्न प्रजातिका फूलहरुले यहाँको वातावरण रंगिन बनाएको छ । प्रकृतिले सिँगारिएको राराले खैरो, बैजनी र नीलो गरी दिनमै तीन पटक रूप बदल्ने गर्दछ । यति बेला रारा क्षेत्रमा फुलेका फूलले राराताललाई झन् मनमोहक बनाएको आन्तरिक पर्यटकहरुको ठम्याई छ ।
मुर्माटपसम्म पुगरे रारादेखि वारिपारिको वस्तीको दृश्यावलोकन गर्न सकिने भएकाले यो मौसम रारा भ्रमणका लागि निकै उपयुक्त ठानिएको आन्तरिक पर्यटक सक्कबहादुर बुढाले बताए । तर कोरानाले केही समय सम्म सुनसान परेको रारा बन्दाबन्दी खुले संगै तालमा रमाउन यतिबेला आन्तरिक पर्यटकको चहलपहल पनि निक्कै बढ्दै गहिरहेको बुढाको भनाई छ ।
तस्बीरमा यस्तो छ, विभिन्न थरीका फूल फलेपछिको रारा तालको किनार






